२०७८ अश्विन ८ गते शुक्रबार

समाज


पासाङल्हामु राजमार्ग सञ्चालनका लागि सुरक्षाकर्मी परिचालन

रसुवा - गएरातिको अविरल वर्षाका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालनका लागि बिहानदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ । 

पहिरोमा पाँच जनाको मृत्यु

काठमाडौं । धादिङको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर दुई परिवारका ५ जनाको मृत्यु भएको छ । खनियाबास गाउँपालिका–५ मा एकै परिवारका तीन जना र खनियाबास–४ मा दुई जना सदस्य गरी पाँच जनाको मृत्यु भएको हो ।

आङकामी शेर्पाको जीवन यात्रा ‘छविकारदेखि समाजसेवीसम्म’

पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा छन् ‘आङ कामी शेर्पा ।’ ओखलढुंगाको साविक पात्ले–४, मैदानेमा जन्मिएका शेर्पा लामो समय अमेरिका बसे ।

हिमाली क्षेत्रमा डुम्जी पूजा

सोलुखुम्बु (शेर्पाखबर) । खुम्बु पासाङल्हामु–३ ठूलो गुमेलामा असर १० गतेबाट सुरु डुम्जी पुजा भएको छ ।  परमपुज्य श्रद्धय नाप्टा रिन्पोछेले पूजा समापन गरेको हो । भोट चन्द्रपात्रो अनुसार मंसिर महिनामा डुप्छो महोत्सवको रूपमा मनाउने डुप्छो अर्थात डुम्जी पर्व पेमा छोलिङ गोन्पा ठूलो गुमेलामा सुरू भएको हो ।

चावहिल कटेसी रमाउँला !

युट्युबमा अपलोड गरिएको यो प्यारोडीले चावहिल–जोरपाटी सडकको अवस्था देखाएको छ । तर, गीतबाट मात्रै चावहिल–साँखु सडकको अवस्था झल्किँदैन । ठुल्ठूला खाल्डा, खाल्डामा जमेको पानी र असारे खेतजस्तो हिलो । यो चावहिल–साँखु सडकको यथार्थ हो ।

एनजीओ सम्वन्धी निर्णयमा गृह मन्त्रालय पछि हट्यो

काठमाडौं । गृहमन्त्रालयले गैर सरकारी संस्थाहरुको नवीकरण र त्यस क्रममा अनिवार्य सम्पत्ति विवरण बुझाउनुपर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने भएको छ ।

मेयरले डोजर सिक्दा पत्रकारसहित ५ घाइते !

पोखरा । पोखराको फिर्के खोलामा पैदल मार्ग (फुट ट्रयाक) उद्घाटनको क्रममा एक्कासी डोजर चल्दा पत्रकारसहित ५ जना घाइते भएका छन् । अचानक डोजर चलेर फिर्केको रेलिङलाई धक्का दिँदा अनलाइनखबरकर्मी सन्देश श्रेष्ठ, पत्रकार रञ्जन अधिकारीलगायत ५ जना घाइते भएका छन् ।