ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गम्बु शेर्पाले आफ्नै मातृभाषामा सपथ लिने तयारी गरेका छन् । विहिबार जिल्ला समन्वय समितिको सभाहलमा हुने सपथ ग्रहण कार्यक्रममा उनले मातृभाषा ‘शेर्पा’ मा सपथ लिने भएका हुन् ।
नेपाल शेर्पा संघका केन्द्रीय पदाधिकारीहरु स्थानीय निर्वाचनमा होमिएका छन् । संघका उपाध्यक्ष, सचिव र सदस्यहरु स्थानीय निर्वाचनका विभिन्न तहमा उम्मेदवार दिएका हुन् ।
नेपाल बौद्ध धर्म सेवा संघ, हिमाली शेर्पा समाजको आयोजनामा बज्र गुरु थ्युङ्ग्युर आयोजना हुने भएको छ । विश्व शान्तिको कामनासहित आयोजना गर्न लागेको पूजाको सृजनशील आमा समूह सहआयोजना गरेको हो ।
सोमबारदेखि शेर्पा सेवा केन्द्र अर्थात शेर्पा गुम्बामा विशेष पूजा कार्यक्रम शुरु भएको छ । किल्खोरदिङ सान्दोक पालोरी गुम्बा भूसिंगा खिजीदेम्बा ८, ओखलढुंगाका लामा छोक्पाले माणि रिम्डु तथा डुप्छेन पूजा शुरु गरेको हो ।
नेपाल आदिवासी जनजाति महासंघका नवनिर्वाचित अध्यक्ष गेल्जे लामा शेर्पाले संविधान संशोधनका लागि दबाब बढाउने बताएका छन् ।
नेपाल शेर्पा सघले राजधानीमा एक कार्यक्रम आयोजना गरी विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । विभिन्न पद, ओहोदा ग्रहण गर्ने तथा ख्याती कमाउने ८ जना व्यक्तित्वहरुलाई अभिनन्दन तथा बधाई ज्ञापन गरेको हो ।
नेपाल आदिवासी जनजाति महासंघको १० औं महाधिवेशनबाट गेल्जे लामा शेर्पा.निर्वाचित भएका छन् । निर्वाचन प्रक्रियाबाट भएको नेतृत्व चयनमा अध्यक्षमा गेल्जे लामा शेर्पाले ४४ मतसहित विजयी हासिल गरेका हुन् ।