२०७८ अश्विन ८ गते शुक्रबार

समाज


तेङबोचे गुम्बाका रिन्पोच्छेको महापरिनिर्वाण

तेङबोचे गुम्बाका रिन्पोच्छे ङावाङ तेञ्जिङ साङपोको महापरिनिर्वाण भएको छ । असोज २४ गते विहान १२ः०० धर्म साङपोले महापरिनिर्वाण (निधन) भएको हो । 

शेर्पा संघको अभियान ‘खोटाङमा खाद्यान्न, दृष्टिविहिनलाई नगद’

नेपाल शेर्पा संघको राहत कार्यक्रम अन्तर्गत खोटाङमा खाद्यान्न वितरण गरेको छ । शेर्पा संघ अमेरिकाको आर्थिक सहयोगमा खोटाङका ८० घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । 

शेर्पा नृत्य प्रतियोगितामा २२८ प्रतिस्पर्धी

शेर्पा इभेन्ट अर्गनाइजरले आयोजना गरेको एकल शेर्पा नृत्य प्रतियोगितामा उत्साहजनक सहभागि भएका छन् । अनलाइन नृत्य प्रतियोगितामा २ सय २८ जनाले प्रतिस्पर्धामा सहभागि भएका हुन । 

गौरीशंकर क्षेत्रका पर्यटन मजदुरलाई शेर्पा संघको राहत

काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघले दोलखा गौरीशंकर क्षेत्रकका पर्यटन मजदुर शेर्पाहरुलाई राहत वितरण गरेको छ । ३३ घरपरिवारलाई दाल, चामल र नुनको प्याकेज राहत वितरण गरेको हो ।

सुकुम्बासी वस्तीमा शेर्पा संघद्धारा राहत वितरण

नेपाल शेर्पा संघले राजधानीको सिनामंगलस्थित सुकुम्बासी वस्तीका शेर्पाहरुलाई राहत वितरण गरेको छ । २५ घरपरिवारलाई दाल, चामल, नुन र खानेतेलको प्याकेज राहत वितरण गरेको हो । 

दीर्घरोगीलाई मिस मंगोल शेर्पाले गरे आर्थिक सहयोग

काठमाडौं (शेर्पाखबर) । संखुवासभाका दुई दीर्घरोगीलाई मिस मंगोल जाङमु इन शेर्पाले आर्थिक सहयोग गरेका छन् ।

सिन्धुपाल्चोकमा शेर्पा संघद्धारा राहत वितरण

नेपाल शेर्पा संघले सिन्धुपाल्चोकका बाढी पीडितहरुका लागि राहत प्रदान गरेको छ । जुगल, पाँचपोखरी थाङपाल, भोटेकोसी गाउँपालिका र बाह्रविसे नगरपालिकाका प्रभावितहरुलाई नगद राहत प्रदान गरेको हो ।