२०७८ श्रावण १९ गते मंगलबार

प्रवास


अष्ट्रेलियमा ल्होसारको तयारी

शेर्पा एशोसियसन अफ न्युसाउथवेल्सले आगामी वर्ष शेर्पा ल्होसार २१४७  मनाउने भएको छ । मुसा बर्षका रुपमा मानिने यस बर्षको शेर्पा ल्होसार आउदो ८ मार्च २०२० आइतबारका दिन साँझ रकडेलस्थित इन्द्रेणी  फंगसन सेन्टरमा आयोजना हुदै छ।

कोरियामा अन्तर्राष्ट्रिय बुद्धिष्ट एक्सपो

अन्तर्राष्ट्रिय बुद्धिष्ट एसोसियशन कोरियाको आयोजनामा अन्तर्राष्ट्रिय बुद्धिष्ट एक्सपो – २०१९ बिहीबारदेखि सुरू भएको छ । ४ दिन चल्ने प्रदर्शनी १७ गते आइतबार समापन हुनेछ ।

युनाइटेड शेर्पाको आह्वान ‘भविष्य निर्माणका लागि जनगणनामा भाग लिऔं !’

काठमाडौं (शेर्पाखबर) । जनगणना–२०२० को लागि युनाइटेड शेर्पा एसोसिएसनको आव्हानमा एक भेला सम्पन्न भएको छ । जनगणनामा भाग लिऔं, भविष्य निर्माण गरौं भन्ने आदर्शका साथ नेपाली समुदायको बृहत भेला सम्पन्न भएको हो ।

मिस मंगोल छात्रवृत्तिका लागि कोरियामा कार्यक्रम

कोरिया, सोल (शेर्पाखबर) । मिस मंगोल छात्रवृत्ति कोषको सहयोगार्थ यहाँ एक सांगीतिक साँझ कार्यक्रम आयोजना हुने भएको छ । अक्टोवर २६ मा सुवान र नोभेम्बर २ को दक्षिण कोरियाको बुशनमा कार्यक्रम हुन लागेको हो । 

विश्व शेर्पा दिवस ‘सिक्किम’मा मनाइयो

काठमाडौं (शेर्पाखबर) । विश्व शेर्पा दिवस भारतको सिक्किमको गान्तोक शहरमा मनाइएको छ । ‘सुरक्षित हिमाल, सुरक्षित संसार’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

महरा काण्ड बाहिरा ल्याउने पत्रकार सम्मानित

वाशिंगटनडिसी । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल  (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका सम्पादक अजयबाबु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ।

शेर्पा किदुग अमेरिका ‘जिम्मेवारी बाँडफाँड’

काठमाडौं (शेर्पाखबर) । युनाइटेड शेर्पा एशोसियसन अमेरिकाको नवनिर्वाचित समितिले विभिन्न विभागहरु गठन गरेको छ । जस अन्तर्गत समितिका पदाधिकारीहरुलाई विभागिय जिम्मेवारी समेत दिइएको हो ।