नेपाल आदिवासी जनजाति महासंघको जारी अधिवेशनको नेतृत्व चयनका सम्वन्धमा प्रवास संगठनले आफ्नो धारण सार्वजानिक गरेका छन् ।
रोजगारीका लागि मकाउ पुगेका नेपालीहरूले २१४९ औ ‘छु फो ताक लो’ (जल पुरुष बाघ वर्ष( ग्याल्पो ल्होसार मनाएका छन् । शेर्पा समाज मकाउको आयोजनामा ‘पोन्टे–१६ सोफिटेल होटेल’ मकाउकमा एक विशेष कार्यक्रमका आयोजना गरेका हुन् ।
साइप्रसमा एक नेपाली महिलाको मृत्यु भएको छ । वैदेशिक रोजगारीका क्रममा साइप्रस पुगेकी सोलुखुम्बुकी कान्छी माया शेर्पाको मृत्यु भएको हो ।
नेपाल शेर्पा संघ केन्द्रीय कार्यालयले सञ्चालन गरिरहेको लोकसेवा र जनगणना कार्यक्रमका लागि आर्थिक सहयोग प्राप्त भएको छ । शेर्पा संघ वेलायतले १ लाख ५६ हजार ९ सय ८४ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
किरात राई यायोक्खा बेलायत (किराया बेलायत) ले नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन युके)का नवनिर्वाचित अध्यक्ष कर्म पहाडी शेर्पालाई आफू शेर्पा कि तोक्पेगोला जातिको हो ? भन्ने कुरा प्रष्ट पार्न भनेका छन् ।
नेफिन यूकेको निर्वाचन पुनः गराउन नेपाल शेर्पा संघले माग गरेको छ । शेर्पा संघबाट प्रतिनिधित्व गर्ने व्यक्ति तत्काल अर्को जातीय संगठन स्थापना गरि नेफिनको विधान विपरित अध्यक्ष बनेको भन्दै पुनः निर्वाचन गराउन माग गरेको हो ।
काठमाडौं (शेर्पाखबर) । शेर्पा संघ वेलायतले नेपाल आदिवासी जनजाति महासंघ वेलायतमा प्रतिनिधिहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।