जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई जिल्ला समन्वय समिति खोटाङको प्रमुखमा निर्वाचित भएका छन् ।
ओखलढुंगा प्रदेश ख का सांसद मोहन खड्का हिमशिखरले साना व्यवसायीले पनि स्थायी लेखा नम्बर लिनुपर्ने वाध्यात्मक व्यवस्था खारेज हुनुपर्ने माग गरेको छ ।
खिजीदेम्बा गाउँपालिकाका निवर्तमान जनप्रतिनिधीहरुलाई विदाई गरिएको छ । गाउँपालिकाले एक समरोह आयोजना गरि यसअघिका जनप्रतिनिधीहरुलाई विदाई गरेको हो ।
सम्पन्न स्थानीय तह निर्वाचनमा शेर्पा समुदायको सहभागिता अपेक्षित देखिएको छ । एक नगरपालिकासहित ७ वटा स्थानीय तहमा शेर्पा समुदायले नेतृत्व लिन सफल भएको हो । सोलुखुम्बुको एक मात्रै सोलुदुधकुण्ड नगरपालिकाको अध्यक्षमा नाम्गेल जाङबु शेर्पाले पुनः नेतृत्व लिन सफल भएको जनाएको छ ।
खिजीदेम्बावासीले ‘हर्ष’ को आँशु वगाएका छन् । चर्चित नेता गम्बु शेर्पा गाउँपालिका अध्यक्षमा निर्वाचित भएको खुसीमा गाउँपालिकावासीले आँशु नै बगाएका हुन् ।
स्थानीय निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएसँगै जनप्रतिनिधीहरुलाई प्रमाण पत्र वितरण गरेको छ । निर्वाचन अधिकृतको कार्यालय खिजीदेम्बाले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरेको हो । कार्यालयले गाउँपालिका प्रमुख वेदबहादुर रोक्काको उपस्थितीमा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
जनता समाजवादी पार्टीले लिसंखुपाखर गाउँपालिकामा आगामी स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष उम्मेदवार सर्वसम्मत चयन गरेका छन् । पार्टीको पालिका स्तरीय बैठकबाट बृहत् छलफल गरी युवा नेता विकास योञ्जन तामाङलाई उम्मेदवार छनौट गरेको हो ।