२०७८ कार्तिक २ गते मंगलबार

राजनीति


हामी एक भयौं भने विकास र समृद्धि सम्भव: रक्षामन्त्री इश्वर पोखरेल

उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले हामी एक भयौं भने विकास र समृद्धि सम्भव रहेको बताएका छन् । शनिबार काठमाडौंस्थित शेर्पा पार्टी प्यालेसमा ओखलढुंगा कला साहित्य समाजको दोस्रो साधारसभा तथा प्रथम बार्षिकोत्सवमा मन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।

सांसद शेर्पाको गुनासो ‘म बोल्छु तर मिडिया लेख्दैन !’

काठमाडौं (शेर्पाखबर) । सांसद जिपछिरिङ लामा शेर्पाले ‘आफूले उठाएको महत्वपूर्ण विषयमा मिडियाले नलेखेको’ गुनासो गरेका छन् । शेर्पा पत्रकार संघले राजधानीमा आयोजित एक समरोहमा सांसद शेर्पाले ‘मुलुकको महत्वपूर्ण विषयमा आफूले कुरा उठाउने गरे पनि पत्रकारले नलेखेको’ भन्दै गुनासो गरेका हुन । 

क्रान्तिकारी कलाकारः नाच्दैगाउँदै ‘फ्याट्टै’ माननीय !

मुक्तिको गीत गाउँदै, नाच्दै हिँड्ने सांगीतिक समूह, रक्तिम परिवार । सामन्ती, शोषण विरुद्ध र सर्वहाराको पक्षमा रक्तिमका गीतमा नाँच्दै हिँड्नु उनको दैनिकी । मनमा विद्रोहका ज्वारभाटा, आँखामा क्रान्तिको ज्वाला र शरीरमा उम्लँदो रगत !

सशस्त्र युद्धमा होमिन वाध्य नपारियोसः अध्यक्ष शेर्पा

ओखलढुंगा (शेर्पाखबर) । आदिवासी जनजातिले उठाउँदै आएको माग र मुद्धालाई राज्यले ‘सामान्य’ रुपमा लिएको भन्दै शेर्पा प्रदेश समितिका अध्यक्ष लाक्पा शेर्पाले आक्रोस व्यक्त गरेका छन् ।

प्रदेश नं. १ को नाम सगरमाथाः सांसद गुरुङ

ओखलढुंगा (शेर्पाखबर) । प्रदेश नं. १ ओखलढुंगाका सांसद अम्बिर बाबु गुरुङले प्रदेशको नाम सगरमाथा राख्नुपर्ने पक्षमा आफू रहेको प्रष्ट पारेका छन् । नेपाल शेर्पा विद्यार्थी संघको दोस्रो जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यसो भनेका हुन् ।

पूर्खाको आत्मसम्मानका लागि शेर्पा स्वायत्त प्रदेशः लाक्पा शेर्पा

काठमाडौं (शेर्पाखबर) । शेर्पा स्वायत्त प्रदेशको मुद्धा ओझेलमा परेको बेला हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका निर्वातमान अध्यक्ष लाक्पा शेर्पाले ‘पूर्खाको आत्मको सम्मानको लागि शेर्पा स्वायत्त प्रदेश’ स्थापना जरुरी रहेको अभिव्यक्त गरे ।

ग्याल्पो लोसारमा राष्ट्रिय विदा दिनेः गृहमन्त्री थापामगर

काठमाडौं (शेर्पाखबर) । गृहमन्त्री रामबहादुर थामामगर (वादल)ले शेर्पा समुदायले मान्दै आएको ग्याल्पो लोसारमा राष्ट्रिय विदा दिइने जनाएको छ ।