काठमाडौं । सर्वोच्च अदालतको आदेशमा बालाजु सडक विस्तारको विरोधका पक्राउ परेका अभियन्ताहरू रिहा भएको खुशियालीमा मंगलबार साँझ काठमाडौंको इन्द्रचोकमा मैनबत्ती जुलुस गरियो ।
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने हिङ्कु केभ क्षेत्रमा तीन महिना अगाडि गएको हिमपहिरोमा पुरिएका सबै सातै जनाको शव फेला परेको छ ।
काठमाडौँ — कोरोना भाइरसको महामारीले विश्वलाई नै संकटमा पारिरहेको बेला अमेरिकी म्यागजिन फोर्ब्सले घोषणा गरेको एसियाका प्रभावशाली युवाहरूको सूचीमा परेपछि गल्फ खेलाडी प्रतिमा शेर्पाले बेग्लै किसिमको सुख महसुस गरेकी छन् ।
करिब ३ दशकदेखि कार्पेट व्यवसायमा आवद्ध दैलेखका दीपबहादुर शाही व्यापारको सिलसिलामा युरोप पुगेका थिए। सन् २०१५ मा उनी बेलायत गए। सोही समय उनले स्कटल्यान्ड पनि भ्रमण गरे। युरोप भ्रमण उनका लागि पहिलोपटक थिएन।
काठमाडौं । नेपाल ट्रस्कोट कार्यालयले गाई चराउने मैदान बन्न नदिन गोकर्ण रिसोर्टको लिज सम्झौताको म्याद थप गरेको स्पष्टीकरण दिएको छ ।
जनकपुरधाम । मन्त्री बनिसेकपछि शिलान्यास, उद्घाटन गर्न पाउँदा नेताहरु गौरव महसुस गर्छन् । यस्ता कार्यक्रममा गएर घण्टौं भाषण गर्ने मन्त्रीहरु आफ्नो पदीय दायित्व त्यसैलाई सम्झन्छन् ।
काठमाडौँ । भारतको अघोषित नाकाबन्दीको बेला नेपाल–भारत सीमा नाकामा बसेर काठमाडौँको दानापानी बन्द गरिदिने अभिव्यक्तिले आलोचित राजेन्द्र महतोले अन्ततः काठमाडौँसँग पारिवारिक नाता कायम गरेका छन् ।