२०७८ कार्तिक २ गते मंगलबार

पत्रपत्रिकाबाट


एनजीओ सम्वन्धी निर्णयमा गृह मन्त्रालय पछि हट्यो

काठमाडौं । गृहमन्त्रालयले गैर सरकारी संस्थाहरुको नवीकरण र त्यस क्रममा अनिवार्य सम्पत्ति विवरण बुझाउनुपर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने भएको छ ।

नेपाल र अस्ट्रेलियाबीचको कूटनैतिक सम्बन्ध थप उचाईमा: राजदूत शेर्पा

अस्ट्रेलिया — नेपाली दूतावास अस्ट्रेलियाले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । क्यानबेरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राजदूत लक्की शेर्पाले एक वर्षको कार्यकालमा दूतावासले नेपाल र अस्ट्रेलियाबीच सम्बन्ध थप उचाइमा पुर्‍याउने लगायत महत्वपूर्ण काम गरेको बताइन् ।

विश्वकै उत्कृष्ठ शिक्षक ‘हिमाली सर’

जाडो छल्न काठमाडौं आएका माथिल्लो डोल्पाका विद्यार्थीलाई पढाउने अवसर नपाएका भए विनोद शाही (३६) को ‘करिअर’ले अर्कै मोड लिन्थ्यो होला। नाम र दामको सपना बोकेर उनी विदेशिएका या व्यावसायिक ‘चित्रकार’ भएर राम्रै कमाइ गरिरहेका हुन्थे। 

महिलालाई ३३ प्रतिशत अधिकार दिन यसरी चुके दलहरु

ऐनका प्रावधान लत्याउने दलमा भर्खर जन्मिएको नेकपा मात्रै एक्लो भने होइन, संसद्मा प्रतिनिधित्व गरिरहेका कांग्रेस, राजपा तथा संघीय फोरमले पनि केन्द्रीय समितिमा ३३ प्रतिशत महिला नेतृत्व हुनुपर्ने प्रावधानलाई ठाडै अस्वीकार गरेका छन्।

माननीय ‘ठेकेदार’हरुको सेटिङ ‘शेर्पादेखि शर्मासम्म’

यसले मध्यम पूँजी भएका ठेकेदारलाई आउन नदिने मात्र होइन, स्वच्छ प्रतिस्पर्धा हुन नदिने र आफ्नो अनुकुलतामा ठेक्का लिएर राज्यलाई अर्बौं घाटा लागिररहेको छ । ठूला ठेक्कामा ‘फिक्सिङ’ गर्नेमा कांग्रेस सांसद मोहन आचार्यको रसुवा कन्स्ट्रक्सन, राप्रपाका नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन, कांग्रेस नेता जयराम लामिछानेको स्वच्छन्द निर्माण सेवा, कांग्रेस सांसद जिपछिरिङ लामाको लामा कन्स्ट्रक्सन, रमेश शर्माको शर्मा एण्ड कम्पनी र ऋषि सुवेदीको तुदी कन्स्ट्रक्सन छन् ।

अब महिनावारी हुदाँ प्याडको विकल्पमा कपको प्रयोग गरे हुने

महिनावारीका बेला प्रयोग गर्ने घरायसी तथा सेनिटरी प्याडबारे धेरैले सुनेका छन्। महिनावारीका बेला प्रयोग गरिने कप पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। प्याडको विकल्पमा प्रयोग गर्न मिल्ने महिनावारी कप (मिन्स्ट्रुअल कप) हालै बजारमा आएको छ। परिवार नियोजन तथा मातृ स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था मेरी स्टोप्स सेन्टरले यस्तो कप ल्याएको हो।

निजामति सेवामा अब खरिदार पद खारिज !

निजामती सेवामा खरिदार पद नराख्ने तयारी गरिएको छ । त्यसका लागि खरिदार पदमा खुल्ला विज्ञापन खुलाइने छैन । संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ ।