२०७८ अश्विन ८ गते शुक्रबार

पत्रपत्रिकाबाट


नेपथ्यका तेन्जिङहरु जो अरुलाई चुचुरो पुर्‍याउछन्

कीर्तिमान र साहसिक काम गरेको भन्दै सञ्चारमाध्यमले आरोहीहरूको नाम सार्वजनिक गरे पनि आफूहरूलाई कसैले नदेखेको उनीहरूको दुःखेसो छ। ‘पर्दाभित्रका हिरोहरू हामी हौं, बाटो निर्माण गर्नु सजिलो छैन, बनेको बाटो हँदै चुचुरो पुग्न कति बेर लाग्छ र ? ’ दटुकले प्रश्न गरे। बाटो निर्माणमा व्यक्तिगत क्षमताभन्दा पनि उकालोमा दुई सय मिटरको डोरी एक जनाले बोक्न समस्या, रातिसम्म काम गर्नुपर्ने, राति सुतेकै ठाउँमा हिउँले पुरिने, कम जनशक्ति, मौसम खराबीजस्ता चुनौती नै मुख्य भएको आरोही गाइडहरू बताउँछन्।

सरर...यात्रा ट्याक्सी नम्बर ८९२९ मा

बिहान ५ बजेबाट सुरु भएको उनको दैनिकी बेलुकी ९ बजे कौशलटारको डेरामा पुगेर टुंगिन्छ। काठमाडौंको भिडमा दौडिँदादौडिँदै दिनभरिको थकान लिएर डेरा पुग्छिन्। अनि बेलाबेला सम्झन्छिन्- बाल्यकाल, स्याङ्जाको वनपाखा। स्कुल टेक्न नपाएकी दिदी। शीतले मुख धोएर मुग्लान पसेका बुवा। संसारबाट बिदा भइसकेकी आमा। रिक्सावाला प्रेमी। अनि बेलाबेला एक्लै रुन्छिन् पनि। भन्छिन्, ‘एक्लै बेस्सरी रुँदा मन हलुका हुन्छ।’

सडकमा नांगिनेहरु नेपाली नै होइनन्ः राष्ट्रिय सभा सदस्य विँडारी

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले सडकमा नाङ्गै प्रदर्शनमा उत्रनेहरु नेपाली नै नभएको अभिव्यक्ति दिएका छन् ।

३३ किलो सुनमा मुछियो पूर्व रक्षा मन्त्री सरदसिंह भण्डारीको नाम !

काठमाडौँ । फ्लाई दुबईको विमानबाट चुडामणि उप्रेती ‘गोरे’ को समूहले तस्करी गरेर ल्याएको ३३ किलो सुन र सनम शाक्य हत्याबारे छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ ।

पुराना डोरीका कारण सगरमाथामा बढी दुर्घटना

काठमाडौं : सगरमाथा आरोहणका क्रममा आरोहीलाई सहज बनाउन टाँगिएका डोरी बर्सौंदेखि नउठाइँदा फोहोर बढेको छ। यसले दुर्घटना पनि उत्तिकै हुने गरेको छ। आरोहण सञ्चालक संघ नामक संस्थाले क्याम्प २ भन्दा माथि वार्षिक रूपमा टाँग्दै आएको डोरी हालसम्म नउठाइँदा आरोहणमा समस्या हुने गरेको छ।

पत्रकारमाथि पेसागत जोखिम

मुलुकी अपराध संहिता ऐनमा भएको केही व्यवस्थाले पत्रकरमाथि समेत पेशागत जोखिम बढ्ने देखिएको समाचार आजको कान्तिपुरले छापेको छ।

लुटियो भनिएको सांसद निरु पालको मोवाइल उनैको कोठामा !

काठमाडौँ । प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई चल्दाचल्दै उनको पक्षमा कोही व्यक्तिले सांसद निरु पाललाई राती साढे आठ बजे तरकारी बजारमै कञ्चटमा पेस्तोल ताकिएको कुरा एक हप्ता पुग्दा पनि कतैबाट पुष्टि हुन सकेको छैन ।