२०७८ श्रावण ९ गते शनिबार

��������������� ������������������


‘मिसेस मंगोल नेपाल २०२१’को ताज अन्जु शेर्पाले जितिन

‘मिसेस मंगोल नेपाल २०२१’को ताज अन्जु शेर्पाले जितेकी छन् । कोभिड–१९को महामारीको प्रतिकुल समयका कारण टिभी शो मार्फत आयोजना भएको प्रतियोगितामा बौद्ध निवासी शेर्पाले शिर्ष ताज जितेकी हुन् ।

लोकसेवा र जनगणनाका लागि शेर्पा संघ वेलायतको सहयोग 

नेपाल शेर्पा संघ केन्द्रीय कार्यालयले सञ्चालन गरिरहेको लोकसेवा र जनगणना कार्यक्रमका लागि आर्थिक सहयोग प्राप्त भएको छ । शेर्पा संघ वेलायतले १ लाख ५६ हजार ९ सय ८४ रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

जसपा युवा नेता सुनुवारको पहलमा खिजीदेम्बामा स्वास्थ्य सामाग्री

ओखलढुंगा (शेर्पाखबर) । जनता समाजवादी पार्टीका युवा नेता निर्मल सुनुवारको पहलमा खिजीदेम्बामा विभिन्न स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । अक्सिकन्सन्ट्रेटर, पिपिइ, फेसशिल्ड लगायतका सामाग्री प्राप्त भएको हो । 

अन्तरपार्टीमा आङ पेमा शेर्पाको नेतृत्व सफल 

सोलुखुम्बु (शेर्पाखबर) । अन्तरपार्टी महिला सञ्जाल सोलुखुम्बुमा आङ पेमा शेर्पाको पदावधि पूरा भएको छ । एक बर्षे कार्यकाल सफलतापूर्वक पूरा गर्दै शेर्पाको पदावधि सकिएको हो ।

कर्मा पहाडी शेर्पालाई किरायाको प्रश्नै प्रश्न ‘तपाई शेर्पा कि ढोक्प्या ?’

किरात राई यायोक्खा बेलायत (किराया बेलायत) ले नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन युके)का नवनिर्वाचित अध्यक्ष कर्म पहाडी शेर्पालाई आफू शेर्पा कि तोक्पेगोला जातिको हो ? भन्ने कुरा प्रष्ट पार्न भनेका छन् । 

सिन्धुपाल्चोकका बाढी पीडितलाई नगद राहत वितरण

काठमाडौं (शेर्पाखबर) । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाका बाढी पीडितहरुका लागि नगद राहत प्रदान गरेको छ । फ्रान्स निवासी डाक्टर पासाङ शेर्पाले उपलब्ध गराएको नगद सहयोग नेपाल शेर्पा संघमार्फत हस्तान्तरण गरेको हो । 

सोनाम शेर्पालाई ‘भ्वाइसअफ नेपाल’ मा जिताउने अभियान शुरु

सोनाम ग्याल्छो शेर्पालाई ‘भ्वाइसअफ नेपाल’ मा जिताउन शेर्पा कलाकार संघ लगायतले अभियान सञ्चालन गरेको छ । ओप्पो मोवाइलद्धारा प्रस्तुत भ्वाइसअफ नेपालको सिजन थ्रीमा सोनाम टप १२मा परेसँगै जिताउने अभियान शुरु गरेको हो ।