२०७८ श्रावण १९ गते मंगलबार

मुख्य समाचार


पिके सोलुखुम्बु टाप्टिङ समाजले स्वास्थ्य सामाग्री गाउँ पठायो

पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाले १० लाख बराबरको स्वास्थ्य सामाग्री गाउँ पठाएको छ । स्वास्थ्य सामाग्री र औसाधी ब्यवस्थापन गरी सोलुदुधकुण्ड नगरपालिका वडा न १० टाप्टिङ पठाएको हो । 

व्यवसायिक पत्रकारिताको विकासका लागि सहयोग गर्न प्रतिबद्ध छुः मेयर श्रेष्ठ

यहाँस्थित सिद्धीचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले निष्पक्ष र व्यवसायिक पत्रकारिता विकासमा सहयोग गर्न स्थानीय तह प्रतिबद्ध रहेको बताएका छन ।

अतिबिपन्न परिवारलाई आफ्नो एफएमको सहयोग

सामुदायिक रेडियो आफ्नो एफएम १०४.८ मेगहर्जले कोरोना पीडित अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । सिद्धिचरण नगरपालिका ११ का अतिविपन्न ५ घर परिवारलाई खाद्य सामाग्री बितरण गरेको हो ।

शेर्पा किदुग साइप्रसद्धारा बुद्ध जयन्ती र कोरोना सहयोग संकलन

शेर्पा किदुग साइप्रसको आयोजनामा २५६५ औं बुद्ध जयन्ती विशेष कार्यक्रम आयोजना गरी भव्य रुपमा मनाइएको छ । निकोसियाको एक गुम्बामा बुद्ध जयन्ती कार्यक्रम आयोजना गरेको हो । 

टाप्टिङ किदुगको सक्रियतामा गाउँमा सहयोग

पिके सोलुखुम्बु टाप्टिङ सेवा समाजले सोलुदुधकुण्ड नगरपालिका वडा न १० का स्वास्थ्य चौकीमार्फत स्वास्थ्य सामाग्री वितरण गर्न सहयोग संकलन गरेको छ । वडाको टाप्टिङ, खम्दिङ्ग र लुम्सामा रहेको स्वास्थ्य संस्थाहरुमार्फत गाउँ–गाउँमा स्वास्थ्य सामाग्री पठाउन सहयोग संकलन गरेको हो ।

न्यूयोर्क राज्यमा सगरमाथा दिवस मनाउने घोषणा

न्यूयोर्क (शेर्पाखबर) । अमेरिकाको न्युयोर्क राज्यले मे २९ का दिनलाई सगरमाथा दिवस नियमित रुपमा मनाउने निर्णय गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा माथि प्रथम पटक मानव पाईला टेकेको एैतिहासिक दिनको स्मरणमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने घोषणा गरेको हो । 

बजेटको महत्वपूर्ण पाटो ‘कुन क्षेत्रलाई कति ?’

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा चुनावलाई लक्षित गरेर पर्याप्त छुटको व्यवस्था गरिएको छ । प्रतिनिधि सभा भंग गरेर अध्यादेशबाट सरकारले ल्याएको बजेटमा यही आर्थिक वर्षदेखि नै लागू हुने गरी समेत विभिन्न विषयमा छुट दिइएको छ ।