२०७८ कार्तिक ५ गते शुक्रबार

मुख्य समाचार


पोर्तुगलमा बुद्ध जयन्तीमा शोभायात्रा

सोमबार यहाँ आयोजना गरिएको बृहत् शोभायात्राले राजधानी लिस्बनका मुख्य सडक नेपालीमय भएको लाक्पा छोटी शेर्पाले जानकारी दिए । विशेष गरी शेर्पा समुदाय आफ्नो जातीय भेषभूषासहित सडकमा देखिए । उनीहरुले हातहातमा बुद्धका तस्वीर, प्लेकार्ड, बुद्ध वाणी र नेपालको राष्ट्रिय झण्डा बोकेका थिए ।

खोटाङका पासाङलाई ‘खेन्पो उपाधी ।’

भारतको नाम्डोलिङ ङिञ्मापा गुम्बाबाट पासाङ शेर्पाले खेम्पो उपाधी प्राप्त गरेका छन् । खोटाङ राखा–बङ्देल ६ का शेर्पाले आचार्य अर्थात खेन्पो उपाधी प्राप्त गरेको हो । 

श्रमको सम्मान गर्ने संस्कारको विकासमा होस्ः अध्यक्ष राणा

‘सबै पेशाकर्मी, श्रमिक र श्रमजिवि वर्गको सम्मान र बाँच्न पाउने अधिकारको पूर्ण ग्यारेन्टीका लागि राज्य जिम्मेवार बनेर प्रस्तुत होस ।’ अध्यक्ष राणाले भनेका छन् ‘अन्तर्राष्ट्रिय श्रम संगठनले व्यवस्था गरे अनुसार श्रमिकहरुले श्रमको उचित मूल्य पाउनु पर्दछ र राज्यले यसलाई कडाईका साथ लागू गर्नुपर्छ भन्ने पक्षमा हामी छौं ।’

बुद्ध, बौद्धभूमि र नेपाली सत्ता

शासन सत्ताको बागडोर सम्हालेका थिए, जुद्ध शमशेरले । तिब्बतबाट उपत्यका पुगेका लामा गुरुको धर्मदेशनाबाट प्रभावित भई केही युवा बौद्ध भिक्षुका रूपमा प्रवजित भए, त्यतिखेर । चिवर धारण गरे, उनीहरूको श्रावक जीवन थालनी भयो । वर्षाबासका रूपमा स्वयम्भु, आनन्दकुटीको ध्यान शिविरमा रहंँदै थिए ।

लोकप्रिय ‘लाफिङ’

स्वयम्भू आसपास अचेल खूब चलन छ ‘लाफिङ’ को । ‘लाफिङ’ अर्थात ‘हाँस्दै’ । तर, यो ‘लाफिङ’ न हाँस्ने चीज हो न त हँसाउने । यो त खाने कुरा हो, जुन धेरै युवाको प्रिय स्वाद बन्न थालेको छ । 

नमुना बौद्ध ध्यान केन्द्रको हिन्दु विधिबाट शिलान्यास

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी अन्तर्रा्ष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको विधिवत रुपमा शिल्यान्याश गरेकी छन् । बौद्ध ध्यान केन्द्र भनिएपनि हिन्दु विधिबाट केन्द्रको शिलान्यास गरिएको छ ।