अखिल नेपाल फुटबल संघ (एन्फा)का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा नयाँ कार्यकालका लागि तयारी गर्दैछन् ।
कार्यक्रम सुमनसँग कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम हो । बरिष्ठ पत्रकार सुमन पोखरेल जो लामो समय विविसी नेपाली सेवामा काम गरेर अहिले कान्तिपुरसँग आबद्ध छन् ।
यो संविधान दिवसलाई दुईटा पाटोबाट हेर्नुपर्छ । पहिलो चरणमा सकारात्मक पक्षको बारेमा चर्चा गर्नुपर्छ । जनताले पहिलो पटक संविधानसभामार्फत् आफ्नो संविधान आफै बनाएको हो । २०७२ साल असोज ३ गते जारी भएको यो संविधान तत्कालिन अवस्थामा जारी गर्ने बेला पनि अवरोधहरु आए ।
–हामीले नगरपालिकामा सफाइ अभियानका लागि ढल निकासको कार्यक्रम सञ्चालन गरिरहेका छौँ । सिद्धार्थ नगरपालिका पर्यटकका हिसाबले अगाडि रहेको छ । यहाँ कृषि र कलकारखानाको सम्भावना ज्यादै न्यून छ । त्यसैले सिङ्गो नगरपालिकालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ अगाडि बढिरहेका छौँ । यो नगरपालिका गौतम बुद्ध क्षेत्रको प्रवेशद्वार भएको हुनाले सिङ्गो पर्यटकीय दृष्टिकोणलाई मध्यनजर गरेर विकासका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेका छौँ ।
‘नयाँ जीवनको शूरुवाती र स्वतन्त्र जीवनको अन्त्य’ भनेर विवाहलाई परिभाषा गरिन्छ । त्यसमापनि महिलाहरु विवाह वन्धनमा बाँधिसकेपछि स्वतन्त्र रुपमा अरु कुनै काम गर्न पाउँदैनन् भन्ने आम बुझाई छ ।
नेपाली समाज आधुनिकतातिर लम्किरहेको छ । आधुनिकतासँगै प्रविधि मैत्री हुन विरलैलाई मात्रै छेकेको देखिन्छ । आधुनिक समाजमा समयसापेक्ष रुपमा आफ्नो इच्छाहरु जाहेरपनि उसैगरी गरिरहेका छन् ।
जुद्धबहादुर राई ‘ढाक्रे’ ओखलढुंगाका स्थायी वासिन्द हुन् । उनी लामो समयदेखि राजनीति, साहित्य, कलाकारिता, पत्रकारिता र खेल क्षेत्रमा संलग्न छन् । क्षेत्रिय प्रतिभा पुरस्कारबाट सम्मानित राई अंग्रेजी साहित्यमा स्नातोत्तरसम्मको अध्यान गरेका छन् भने आफ्नै कथा, आफ्नै अभिव्यक्ति आत्मसंस्मारण पुस्तक समेत प्रकाशित छ ।