२०७८ श्रावण १९ गते मंगलबार

अन्तर्वार्ता


नेपाल–अस्ट्रेलिया सिधा हवाई सम्पर्कको तयारी हुँदैः राजदूत शेर्पा

पाल सरकारको निर्णय बमोजिम अष्ट्रेलियास्थित नेपाली दूतावासको नेतृत्व सम्हाल्न म जुन ९ तारिख २०१७ मा अष्ट्रेलिया आइपुगे । सर्बप्रथमत यहाँ रहेका नेपाली समुदाय र दूतावासका साथीहरुसँग विद्यमान समस्या र निराकरणका उपाय बारेमा बिचार बिमर्श गरियो ।

समुदायलाई अग्रसर गराउन मुख्य भूमिकाः मिस शेर्पा २०१७

सन् २०१२ मा आयोजना भएको मिस शेर्पामा सहभागि भएपनि त्यसवखत उपलब्धी हासिल गर्न सकिनन् तर उनीमा ‘कुनै दिन मिस शेर्पाको ताज पहिरिएरै छाड्छु’ भन्ने आत्मविश्वास थियो । त्यो आज पूरा भएको छ । त्यस्तै, २०७३ को मिस नेपाल पिसमा वेस्ट वाल्कको उपाधी समेत जितिसकककेकी छिन् ।

सर्वाधिक सगरमाथा चढ्ने लाक्पाको कहानी

लाक्पा शेर्पा सर्वाधिक सगरमाथा आरोहण गर्ने विश्वभरकै महिलामध्येकी एक्ली आरोही हुन । अमेरिकाको कनेक्टिकटस्थित वेस्ट हार्टफडमा रहेको होल फुड मार्टको ‘सानो’ जागिर, तीन सन्तानको लालनपालन, हेरविचारबाट हरेक वर्ष सगरमाथा आरोहण गर्न अढाई/तीन महिना समय निकाल्छिन् ।

कीर्तिमानी आरोही कामीरिता शेर्पाको लुकेको पाटो

२२ औं पटक सगरमाथाको चुचुरोमा पुगेपछि कामीरिता शेर्पा अहिले सर्वाधिक चर्चामा छन् । उनी भन्छन्, ‘यो मेरो बाध्यता हो । कुनै रेकर्ड बनाउँछु, अरूलाई उछिन्छु भनेर हिमाल आरोहणलाई पेसा बनाएको होइन ।’

नेपाली गल्फकी चम्किलो तारा प्रतिमा शेर्पासँगको कुराकानी

सामान्य परिवारमा जन्मिएर त्यही हुर्किएकी नेपालकी एक नम्बर महिला गल्फर प्रतिमा शेर्पाको कथा प्रेरणादायी छ।अारएनजीएसीकै छात्रवृत्तीमा ११ वर्षको उमेरबाट प्रतिमाले गल्फ खेल्न थालिन्। त्यसपछि उनको मेहनतले हालसम्म उनले ३५ उपाधि जितिसकिन्। यहीबीच अघिल्लो महिनामात्रै उनले पूर्व विश्वनम्बर १ कीर्तिमानी अमेरिकी गल्फर टाइगर उड्ससँग भेट्ने माैका समेत पाइन्।

हिमालका हिरो हिमचितुवा अर्थात आङरिता

सामान्यज्ञानमा एउटा प्रश्न छ– बिना अक्सिजन १० पटक सगरमाथा चढ्ने आरोही को हुन् ? लोकसेवा आयोगले बेलाबेलामा सोध्छ– हिमचितुवा भनेर कसलाई चिनिन्छ ? यो दुई वटै प्रश्नको जवाफ हुन्– आङरिता शेर्पा । यी तिनै आरोही हुन्, जसले विज्ञानलाई समेत चुनौती दिए ।

lakpa Sherpa

सगरमाथाको शिखरमा एक गिलास चिया पिउँछन लाक्पा शेर्पा

हुन त गिनिज बुक अरूका लागि आकाशको तारा भएकैले चम्किएको होला । तर, लाक्पा शेर्पाका लागि भने कसैले कीर्तिमान राख्नु र तोड्नुको खासै अर्थ छैन । उनलाई त खाली अर्थ छ आफ्नो परिश्रमको, अनि त्यसबाट प्राप्त हुने सन्तुष्टिको ।