२०७९ अश्विन २१ गते शुक्रबार

अर्थ


तेस्रो हेलिकोप्टर थप्यौंः प्रवन्ध निर्देशक शेर्पा

हेलि एभरेष्टले तेस्रो हेलिकप्टर थप गरेको छ ।  कम्पनीले २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवसको अवसर पारी नयाँ हेलिकप्टर भित्राएको प्रबन्ध निर्देशक फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिए । कम्पनीले एएस ३५० बीई ए१२५ हेलिकप्टर भित्राएको हो ।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको समझदारी

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको लागि समझदारी भएको छ ।  दुवै बैंक एकआपसमा गाभिन शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

खाना पकाउने ग्याँस आयतको रेकर्ड तोडियो

खाना पकाउने ग्याँस आयातमा नयाँ रेकर्ड कायम भएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट गत अंग्रेजी वर्षको अन्तिम डिसेम्बर महीना आयात भएको ग्याँस हालसम्मकै धेरै भएको बताए ।

स्वास्थ्य मापदण्ड नपनाई व्यवसाय सञ्चालन

जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाले यहाँको रुम्जाटार बजार क्षेत्रको पसल तथा व्यवसायको अनुगमन गरेको छ । १९ वटा  पसल अनुगमनका क्रममा व्यवसायीहरुले स्वास्थ्य मापदण्ड पालना गरेको पाइएन । 

मानेभन्ज्याङका १९ पसलबाट म्याद गुज्रेको सामान बरामद 

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले मंगलबार मानेभञ्ज्याङ गाउँपालिका अन्तर्गतका बजार क्षेत्रको अनुगमन गरेकोे छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रतिमा ढकालको संयोजकत्वमा यस क्षेत्रका प्रमुख बजार केत्तुके र मानेभञ्ज्याङका खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरेको हो । 

तीनवटा ब्रान्ड थप्दै शेर्पा ब्रुअरी

काठमाडौं । कोभिडको कारणले अन्य व्यवसायलाई जस्तै असर गरेको छ त्यस्तै असर वियर उद्योगलाई पनि गरेको छ । तर, अन्य उद्योग–व्यवसाय सरह यो उद्योगलाई सरकारले सहुलियत, सहयोग गरेको छैन । त्यही पनि वियर उद्योगहरु कसरी बाँच्ने भनेर सबै लागिपरेका छन् ।  

बजेटको महत्वपूर्ण पाटो ‘कुन क्षेत्रलाई कति ?’

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा चुनावलाई लक्षित गरेर पर्याप्त छुटको व्यवस्था गरिएको छ । प्रतिनिधि सभा भंग गरेर अध्यादेशबाट सरकारले ल्याएको बजेटमा यही आर्थिक वर्षदेखि नै लागू हुने गरी समेत विभिन्न विषयमा छुट दिइएको छ ।