२०७८ अश्विन ८ गते शुक्रबार

देश


उपप्रधानमन्त्री यादवले दिए 'ग्याल्पो र सोनाम लोसारको अवसरमा शुभकामना'

काठमाडौं (शेर्पाखबर) । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले ग्याल्पो र सोनाम लोसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

पर्यटन र कला–साहित्य उर्वर भूमि ‘ओखलढुंगा !’

काठमाडौं (शेर्पाखबर) । पर्यटन विकास समिति र ओखलढुंगा कला–साहित्य समितिको कार्यालय उद्घाटन भएको छ । संघीय सांसद यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य अम्बिर बाबु गुरुङ र पूर्वसभासद रामहरि खतिवडाले संयूक्त रुपमा कार्यालय उद्घाटन गरे । 

भाषा आन्दोलनका अगुवा तुलाधारको निधन

काठमाडौं । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ ।

मेलान्चीको पानी चावहिल पुग्यो

काठमाडौं । मेलम्चीको पानी राजधानीमा वितरण गर्न बिच्छ्याएको वितरण सञ्जालको मूलपाइप सुन्दरीजलबाट चाबहिलसम्म परीक्षण सम्पन्न भएको छ । 

३३ किलो सुनप्रकरणः ‘डिएसपी राउतलाई थुनामै राख्नू !’

मोरङ । उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा मुछिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) सञ्जयबहादुर राउतलाई थुनामा राखेर मुद्दाको प्रकृया अघि बढाउने जिल्ला अदालत मोरङको आदेश सदर गरेको छ ।

तलब नदिएको भन्दै ‘किन्जा हाइड्रोमा काम ठप्प’

ओखलढुं्गा (शेर्पाखबर) । सोलुखुम्बुमा सञ्चालित एम. भी. दुगर्ड हाइड्रो डिभिजन कम्पनीका कर्मचारीहरु आन्दोलित भएका छन् । खाईपाई आएको सुविधा तलव, भत्ता कम्पनीले समयमा उपलब्ध नगराएको भन्दै मजदुरद्धारा काम ठप्प पारेका हुन् । 

३२ औं औतारीलाई स्वागत

काठमाडौं (शेर्पाखबर) । फारक शेर्पा किदुगले थुप्तेन छोलिङ गुम्बाका रिम्पोछेलाई स्वागत गरेको छ । क्याब्जे ठूल्सिक रिम्पोछेको ३२ औं अवतरीको रुपमा अवतरी लामा ङवाङ जिग्मे ठिन्ले कुन्ख्याप रिम्पोछेलाई राजधानीमा एक कार्यक्रम गर्दै स्वागत गरेको हो ।