शेर्पा पत्रकार भन्छन ‘प्रेश स्वतन्त्रता कुण्ठित गर्ने नीति अस्वीकार्य’

आङ फूर्वा शेर्पा

२०७७ बैशाख २१, आईतबार


काठमाडौं (शेर्पाखबर) । शेर्पा पत्रकार संघ नेपालले विश्व प्रेश स्वतन्त्रता दिवसको अवसरमा एक विज्ञप्ति जारी गरेको छ । प्रेश स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी राज्यले नीति लिइए त्यो अस्वीकार्य हुने विज्ञप्तिमा उल्लेख छ । 

संघका सचिव मिङमा सार्की शेर्पाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘पछिल्लो समय सरकारले नागरिकको अभिव्यक्ति दिने र प्रेश स्वतन्त्रतालाई कुण्ठित पार्ने खाले चालबाजी अघि बढाई राखेको छ । लोकतन्त्रमा यस्तो कार्य अस्वीकार्य हुन्छ । हामीलाई स्वीकार्य हुँदैन ।’
विज्ञप्तिको पूर्णपाठः

शेर्पा पत्रकार संघ–नेपाल, मुलुकभर छरिएर रहेको शेर्पा पत्रकारहरुको छाता संगठन हो । क्रियाशिल आम पत्रकारहरुको पेशागत हकहित, व्यवसायिक सुरक्षा, नीति तथा कार्यक्रमहरुको सवलीकरण, आचार संहिताको नियमन, क्षमता तथा व्यक्तित्व विकासका लागि क्रियाशिल रहेको व्यहोरा सर्वविधितै छ ।

यस सन्दर्भमा, विश्व प्रेश स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण पत्रकार, प्रेश जगतसँग सम्बन्ध राख्ने सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछ । 

प्रेश स्वतन्त्रतासँगै अभिव्यक्ति तथा वैयत्तित स्वतन्त्रता, मावन अधिकारको रक्षा गर्नु सरकारको कर्तव्य हो । संविधानले नै अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रुपमा स्थापित गरेको अवस्था छ । लोकतन्त्रमा सबैले बोल्न, स्वतन्त्र रुपमा गतिविधि गर्न पाउने हक प्राप्त भएको हुन्छ । तर, नेपाल सरकारको पछिल्लो प्रेश नीति, व्यवहारहरुले प्रेशलाई आफ्नो नियन्त्रणमा राख्ने, अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्नेतर्फ राज्य उद्दत भएको देखिन्छ । 
प्रेश स्वतन्त्रताको सदुपयोग गर्दै आफ्नो विचारहरु स्वतन्त्र रुपमा राख्ने, अभिव्यक्त गर्ने र आदानप्रदान गर्ने मामिलामा लोकतान्त्रिक व्यवस्थामा कुनै खाले वन्देजहरु लगाउनु हुँदैन । बरु समय सापेक्ष पारिस्कृत गर्दै बढ्ने र बढी भन्दा बढी विचारहरुको प्रतिस्पर्धा गराउँदै बौद्धिक जमात बढाउनेतर्फ लाग्नुपर्दछ । तसर्थ, राज्यले यस अवसरमा त्यसतर्फ ध्यान दिदै अभिव्यक्ति तथा प्रेश स्वतन्त्रताको बर्खिलापमा हुने कुनै नीति तथा गतिविधि नगर्न, नगराउन प्रेरणा मिलोस्, भन्ने शुभकामना व्यक्त गर्दछ ।’
संघका वर्तमान अध्यक्ष कर्मा शेर्पा, उपाध्यक्ष सार्की शेर्पा, सचिव मिङमार सार्की शेर्पा, कोषाध्यक्ष साङ डोमा शेर्पा लगायत रहेका छन् ।  

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho