श्रमिकको जीवनयापनको ग्यारेन्टी हुनुपर्छः शेर्पा संघ

लाक्पा जी शेर्पा

२०७७ बैशाख १९, शुक्रबार


लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) ।
नेपाल शेर्पा संघले श्रमिकको जीवनयापनको ग्यारेन्टी हुनुपर्नेमा जोड दिएको छ । १ ३१ औं विश्व श्रमिक दिवस अर्थात माई १ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै संघले यस विषयमा जोड दिएको हो । 
‘अन्तर्राष्ट्रिय श्रम संगठनले लागू गरेको ८ घण्टा काम, ८ घण्टा आराम, ८ घण्टा मनोरञ्जनको नियमलाई परिपालना गर्दै हरेक क्षेत्रमा क्रियाशिल श्रमिकहरुको उचित पारिश्रमिक र जीवन यापन ग्यारेन्टी हुने व्यवस्था हुनुपर्ने हाम्रो अडान रहेको छ ।’ विज्ञप्तिमा उल्लेख छ । 
विशेष गरी शेर्पाहरु पर्यटन क्षेत्रमका संलग्न रहेको र पर्यटन क्षेत्रसँग सम्वन्धित कुनै गतिविधिहरु हुन नसक्दा शेर्पा मजदुरहरुको जीविकोपार्जनमा समस्या भएकोप्रति संघको गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष गेल्जे लामा शेर्पाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । भनिएको छ ‘विशेषता शेर्पा समुदायले हिमाल (पर्वत) र पर्यटनसँग सम्वन्धित पेशाव्यवसाय गर्ने जातीको रुपमा प्रख्याती कमाएको छ । कोरोना महामारीका कारण यसपटक पर्यटनसँग सम्वन्धित कुनैपनि गतिविधिहरु सञ्चालन हुन नसक्दा यस क्षेत्रमा संलग्न आम श्रमिकहरु समस्यामा परेका छन् । उनीहरुको रोजगारीको अवसर गुमेको छ भने आर्थिक रुपमा समेत संकटको अवस्था सिर्जना भएको छ । विश्वभर छरिएर रहेका शेर्पा श्रमिकहरुको हितका लागि ठोस खाले कार्यक्रमहरु ल्याउन नसक्दा उनीहरुको दैनिक जीवनयापन लगायतमा समस्या पैदा भएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’
पर्यटनलाई पुनःउत्थान गर्न सबै पक्षले कार्यक्रम र राज्यले ठोस नीति बनाउनुपर्नेमा जोड दिँदै विज्ञप्तिमा भनिएको छ ‘पर्यटनसँग सम्वन्धित श्रमिक, गाइड, क्लाइमिङगाईड, शेर्पा, कम्पनी सञ्चालकहरु मात्रै नभएर सिंगो पर्यटन क्षेत्र नै धारासायी बनिरहेको अवस्थामा यसको उचित व्यवस्थापन, उठान र आफ्नो लयमा फर्काउने तर्फ योजनाहरु बनाई अघि बढाउन ढिला गर्न हुँदैन ।’ यस्तो अवस्थामा श्रमिकवर्गको हितमा राज्यले ठोस् कार्यक्रम, रोजगारीको अवसर, राहत प्याकेजका कार्यक्रमहरु लागू गर्न संघले माग गरेको छ । 
‘विश्व मानव समुदाय कोरोना सन्त्रासले त्राहिमाम अवस्थामा छ । कोभिड १९ संक्रमणका कारण विश्व नै ठप्प छ । यसले विश्वबजार, आर्थिक, विकास निर्माण लगायत सम्पूर्ण क्षेत्रमा प्रतिकूल असर पारिरहेको अवस्था छ । यसबाट नेपालपनि अछुतो छैन र यहाँ लामो समयदेखि वन्दाबन्दीको अवस्था घोषणा गरेर कुनै क्रियाकलापहरु हुन सकेका छैन । यसबाट थुप्रै मजदुरहरुको रोजीरोटी खोसिएको छ । श्रमिकहरुको रोजगारको अवस्था गुम्दा हर क्षेत्रमा प्रतिकूल प्रभाव परेको दुःखद अवस्था छ ।’ विज्ञप्तिमा अघि भनिएको छ ।
नेपाल शेर्पा विश्वभर छरिएर रहेको शेर्पाहरुको साझा संगठनको रुपमा ३ दशकदेखि क्रियाशिल सामाजिक संस्था हो । संघले शेर्पा लगायत आममानव समुदायको वृहत्तर हितका लागि विभिन्न कार्यहरु गर्दै आइरहेको छ । त्यस्तै, शेर्पा समुदायको राजनैतिक अधिकारका साथै राज्यको मुलधारमा स्थापित गर्ने र आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र हैसियत बढाउने कार्यमा हर्दम आफ्नो मार्गमा अघि बढीरहेको महासचिव लाक्पा शेर्पाले सो अवसरमा जनाए ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho