बुद्ध जयन्ती स्थगित

मिङमार सार्की शेर्पा

२०७७ बैशाख १७, बुधबार


काठमाडौं (शेर्पाखबर) । २५६४ औं बुद्ध जयन्ती कार्यक्रम यसबर्ष नहुने भएको छ । कोरोना महामारीसँगै मुलुक वन्दावन्दीको अवस्थामा रहेकाले जयन्ती नमनाउने भएको हो । 
नेपाल बौद्ध महासंघले विगत लामो समयदेखि वार्षिक रूपमा नेपालमा रहेका विभिन्न सरकारी तथा गैरसरकारी बौद्ध संघसंस्थाहरूसँग समन्वय गरी बुद्ध जयन्ती कार्यक्रमहरू आयोजना गर्दै आएकोमा यसपटक स्थगित गरिएको अध्यक्ष आचार्य नुर्बु शेर्पाद्धारा जारी विज्ञप्तिमा जनाएको छ । 
त्यस्तै, शेर्पा सेवा केन्द्रमा पनि बुद्ध जयन्ती कार्यक्रम नहुने आयोजकहरुले सूचना जारी गरी जानकारी दिएका छन् । 
महासंघका अधिकारीका अनुसार ‘बुद्ध जयन्तीलाई सफल बनाउने गृहकार्य गरी रहेको अवस्थामा विश्वभर महामारीको रूपमा फैलिएको कोरोन भाईरस (कोभिड १९) को कारणले देश लगडाउनमा रहेकोले स्थागित गर्नु परेको छ ।’ बरु महामारी रोगबाट बच्न र बचाउनका लागि सरकारबाट जारी गरिएको निर्देशन अनुसार भीडभाड, सभा सम्मेलन तथा गोष्ठि आदि कार्यक्रमको आयोजना गर्न रोकेर सहयोग गर्न महासंघले अपिल समेत गरेको छ । ‘अति आवश्यक कार्यहरू पनि सामाजिक दूरी कायम राख्नु पर्ने भएकोले आउन लागेको २५६४ औँ बुद्ध जयन्ती समरोहलाई नेपाल बौद्ध महासंघले वृहत् रूपमा आयोजना नगर्ने जानकारी गराउँदछु ।’ विज्ञप्तिमा उल्लेख छ ।
सरकारको निर्देशनलाई कडाईका साथ पालना गर्दै सामान्य पूजापाठ गर्नु महासंघको आग्रह छ । विज्ञप्तिमा भनेको छ ‘विभिन्न गोन्पा, विहार, बौद्ध संघसंस्थाहरूले पनि नेपाल सरकारको निर्देशन अनुसार कोरोना भाइरस (कोभिड–१९) रोगबाट बच्न र बचाउनाको लागि अनावश्यक भीडभाड नगरी भौतिक दूरी कायम गर्दै आ–आफ्नै गोन्पा, विहार तथा निवासमा सुरक्षित रही विश्व शान्तिको कामना गर्दै ध्यान, भावना, प्रार्थना एवं पाठपूजा गरी यस वर्षको बुद्ध जयन्ती मनाउनु राम्रो हुन्छ ।’
महासंघले कोरोना भाइरस (कोभिड १९) यथासिघ्र उन्मुलन भै विश्वमा शान्ति फैलियोस् भनी त्रिरत्नसँग प्रार्थना गर्ने’ उल्लेख गरेको छ ।’ 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho