सय बढी शेर्पाले निवन्ध लेखनमा भाग लिए

लाक्पा जी शेर्पा

२०७७ बैशाख १६, मंगलबार


लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) माथि शेर्पा युवाहरुले आफ्नो धारण व्यक्त गरेका छन् । मुलुकभरका १ सय १७ जना शेर्पा युवाहरुले निवन्ध लेखन प्रतियोगितामा भाग लिएर आफ्नो धारण राखेका हुन । 
शेर्पा इभेन्ट अर्गनाइजर समूहले कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र नेपालमा यसको प्रभाव शिर्षक दिएर प्रतियोगिता आयोजना गरेको थियो । कोरोना संक्रमणका कारण मुलुक वन्दाबन्दीको अवस्थामा रहेको र यसवेला युवाहरुलाई सिर्जनात्मक कार्यमा लाग्न प्रेरित गर्ने हेतुले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष नुरु शेर्पाले जानकारी दिए । 
निबन्ध नेपाली र अंग्रेजी दुबै माध्यमबाट लेखिएका छन् । प्रतिस्पर्धाका लागि प्राप्त निवन्धहरु इभेन्टस्ले सार्वजनिक समेत गरिरहेको छ । ‘निबन्ध सार्वजनिक हुन थालेपछि सहभागिहरु उत्साहित भएर बढे ।’ अध्यक्ष शेर्पाले थपे ‘अरु साथीहरुबाट प्रेरित भएर प्रतिस्पर्धामा सहभागि हुने धेरै छन् ।’ विद्यालय, क्याम्पस र गुम्बाका लामा भिक्षुहरुले समेत प्रतियोगितामा भाग लिएका छन् । सबैले कोरोना रोकथाम, नियन्त्रण र प्रतिकार्य बारे राम्ररी विचार व्यक्त गरेको पाइएको आयोजक संस्थाका आङ पेम्बा शेर्पाले जानकारी दिए । वैशाख २० सम्म अवधी तोकेर आयोजना गरिएको अनलाईन निवन्ध प्रतियोगितामा सहभागि अझै बढ्ने आँकलन रहेको सचिव आङ छिरी शेर्पाले बताए । 
‘प्रतियोगितामा करिब ११ वटा  जिल्लाबाट  शेर्पा युवाहरुले सहभागी जनाएको पाइन्छ । कोरोना महामारीको विश्वव्यापी अवस्था, नेपालको अवस्था, यसबाट बच्ने उपायहरु, यस महामारीले विश्व समुदायमा ल्याएको चुनौतिहरु, नेपालमा अगाडि देखिएका चुनौतिहरु, यसले विश्वलाई दिएको सन्देशहरु, विश्व अर्थतन्त्रमा पार्ने प्रभावहरु, मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु, वातावरण र जीवजगत्मा पर्ने असर लगायतका विषयहरु समेटिएको संस्थाका अर्का सदस्य दिकू शेर्पाले जानकारी दिइन् । प्रतियोगीहरु मध्ये उत्कृष्ट लेखकलाई पुरस्कार नगद १५ हजा, ८ हजार  र ५ हजार प्रदान गर्ने छ भने तीन चरणमा छनौट हुने भएको छ ।
प्रतिस्पर्धाहरु मध्ये एक जनालाई फेसबुक लाइक कोमेन्ट र सेयरको आधारमा पुरस्कृत गर्ने आयोजकको योजना छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho