आङकाजी शेर्पा विरुद्धको मुद्धा प्रहरीले दर्ता गर्न मानेन

शेर्पाखबर

२०७७ बैशाख १६, मंगलबार


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता आङकाजी शेर्पा विरुद्ध साइबर अपराध सम्बन्धी जाहेरी दर्ता प्रहरीले अस्वीकार गरिदिएका छन् ।


सत्तारुढ दल नेकपाका युवा विद्यार्थी नेताहरुले शेर्पा लगायतका नेताविरुद्ध काठमाडौं प्रहरीसमक्ष जाहेरी दर्ता गर्न गएका थिए । प्रहरीले उनीहरुलाई फर्कादिएका छन् ।


पूर्वप्रधानमन्त्री  डा.बाबुराम भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डे र आङकाजी शेर्पाले विद्युतीय माध्यमबाट आफ्ना नेताहरुको चरित्र हत्या गरेको भन्दै युवासंघ र अनेरास्ववियूका नेताहरु साइबर अपराधमा कारबाही गरिपाउँ भनी जाहेरी लिएर टेकु पुगेका थिए ।

महानगरीय प्रहरी परिसर टेकुले यो विषयमा साइबर अपराधभन्दा पनि गाली बेइज्जतीसम्बन्धी ऐन आकर्षित हुने भन्दै उनीहरुलाई सरकारी वकिलमार्फत अदालतमा जान सुझाएको हो ।

युवा संघका केन्द्रीय सदस्य सन्जिवकुमार झा र अनेरास्ववियुका नारायण घर्तीले सामाजिक सन्जालबाट अफवाह फैलाएर व्यक्तिको चरित्रहत्या गरेको भन्दै साइबर अपराधमा जाहेरी लिएर गएका थिए ।

उनीहरुसँगै अनेरास्ववियूका संयोजक ऐन महर, युवा संघका सहसंयोजक रमेश पौडेल, किरण पौडेल, क्षितिज थेवे लगायतका नेताहरु पनि महानगरीय प्रहरी परिसर पुगेका थिए ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho