मातृभाषा बोल्दा ‘हाँसोको पात्र’ बन्नुपर्ने कहिलेसम्म  ?

नुरु शेर्पा

२०७७ बैशाख १५, सोमबार


किन पाउदैनन् हाम्रो मातृभाषालाई मान्यता ? देवनागरी लिपिमा लेखिने ‘नेपाली भाषा’ कसरी लेखिन्छ ? कसरी लेखिनु पर्छ र कसरी लेखिनु हुँदैन ? भन्ने निर्णय टेबलमै बस्ने व्यक्तिहरूले गर्दछन् । त्यसरी कोरिएका नियमहरू शिक्षा प्रणालीमार्फत विद्यालय तहसम्म पढाइन्छ र कानूनमार्फत लागू पनिगरिन्छ ।
भाषा मानव सभ्यताको सबैभन्दा ठूलो औजार र विशेषता मानिन्छ । समाजको महान सभ्यताहरूको शक्तिशाली सूचक पनि भाषा नै हो । भाषाको आधिपत्यले राज्यको चरित्र निर्धारण गर्छ । नेपाली समाजमा कुनै मानिसको ल्याकत निजको जातीयता, भाषिक, वासस्थान, आर्थिक, सामाजिक वर्ग वा मातृभाषाको प्रभावले निर्धारण गर्दछ । नेपालमा १ सय २५ भन्दा बढी भाषाहरू बोलिन्छ । १ सय २५ भन्दा बढी भाषाहरू बोलिए तापनि विगत ३ सय वर्षदेखि एउटै भाषा देशको कामकाजी भाषाका रूपमा स्थापित गरिएको छ । नेपाली भाषाको इतिहास हेर्दा नेपालमा यो भाषा सम्पन्न भाषाको रूपमा स्थापित हुनका निम्ति यसले सैयौँ भाषाहरूको हत्या गरेको छ । शाहकाल, राणाकाल र पञ्चायतीकाल तीनै शासनमा यो भाषा बाहेक नेपालका अन्य भाषाहरूले दमित भए । राज्य र ऐन कानूनमार्फत अन्य भाषाको दमनपछि खसनेपाली भाषाको सम्पन्नता सुरु भयो । ३ सय वर्ष भन्दा लामो समय देखिको राज्यका दृश्यात्मक ऐन, कानून र नीतिनियमले राज्य व्यवस्था र प्रशासनमा मात्र नभएर हाम्रो घर, परिवार, समाज र व्यक्तिको मानसिकतामा पनि जरा गाडिएको छ 
नेपाली भाषा मातृभाषी भित्र त तरल र विविध ढङ्गले अस्तित्वमा छ र विकास हुँदैछ भने गैर–मातृभाषीहरूमा यो भाषा भिन्न ढङ्गले बोलिनु स्वभाविक हो । तर, नेपालको हाम्रो समाजमा गैर–मातृभाषीहरूले बोल्दा उसलाई हाँसोको पात्र र विवेकहीन व्यक्तिका रूपमा चित्रण गरिन्छ । किताबका अक्षरहरूमा नेपाललाई बहुभाषिक देश, विविधतामा एकता भनेर रटाइन्छ तर त्यही किताब पढाउने शिक्षकले केही विद्यार्थीहरूलाई छानी छानी शब्दहरू उच्चरण गर्न लगाइन्छ । जसरी त्यस शिक्षकले उच्चरण गर्दछ, हुबहु उच्चरण गर्न नसक्ने विद्यार्थीहरू हाँसोका पात्र हुन्छन् र विवेकहीन कलहिन्छ । ठ्याक्कै भन्नु पर्दा खस–आर्य (बाहुन क्षेत्री) ले जसरी बोल्छ त्यस्तै बलाघातमा बोल्न जानिएन भने ऊ हास्यास्पद मात्र होइन विवेकहीन पनि चित्रित हुन पुग्छ । नेपालमा बोलिने सबै भाषाभाषीहरूको आफ्नै ध्वनिविज्ञान हुन्छ । कुन भाषामा के कस्ता ध्वनिहरूको अस्तित्व हुन्छ भन्ने विषय भाषै पिच्छ फरक–फरक हुन्छ । त्यसैले आफ्नै मातृभाषाका रूपमा घरमा समाजमा नेपाली भाषा बोल्ने व्यक्तिहरूको भाषा र मातृभाषी नरहेका व्यक्तिहरूका निम्ति त्यही भाषा फरक हुन्छ ।हामीले लेख्नै पर्ने वा व्याकरण भन्दै पढ्दै आएको नेपाली भाषा त्यस भाषाको मातृभाषीहरूले समेत हूबहू बोल्दैनन् । नेपाली भाषा पर्वते कुरा नेपालमा पूर्व देखि पश्चिमसम्म सैयौँ स्थानमा यसको सैयौँ स्वरूपहरू रहेको अध्ययन गर्न पाउछौ । 
जसको घरमा यो भाषा मातृभाषा हो, उसको मष्तिस्कमा यो भाषाको जग सब्बल हुन्छ, उसले त्यस भाषाको सुक्षामान्तर बुझ्दछ र सो भाषाको सांस्कृतिक परिवेशसँग पनि भिज्दछ । तर गैर–मातृभाषा बोल्ने प्रति सम्मान गरौं ।

 

नुरु शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho