विवादमा ‘शेर्पाको नाम जोडर चन्दा संकलन अभियान’

शेर्पाखबर

२०७७ बैशाख ४, विहिबार


शेर्पा पर्यटन व्यवसायी संघका पदाधिकारीहरु

 

काठमाडौं (शेर्पाखबर) । पर्यटकलाई सेवा दिने हेतुले खोलिएका कम्पनीले ‘जथाभावी चन्दा संकलन’ थालेपछि विवाद चुलिएको छ । गोफन्डमीडटकम नामक प्रोर्टलबाट शेर्पाको नाम जोडिएर चन्दा संकलन भएपछि विवाद चुलिएको हो । यसरी चन्दा संकलन गर्ने कम्पनीहरु १२ वटा छन् । 
विभिन्न ट्रेकिङ एजेन्सीहरुले विदेशीहरुसँग मिलेर अनलाईनबाट चन्दा संकलन तिब्र बनाएपछि विवाद सतहीमा आएको हो । ‘विवादको चुरो चाँही चन्दा संकलनमा शेर्पा समुदायको नाम जोडिएको’ भन्ने हो ।
ती अभियान्तहरुले उक्त प्रोर्टलमा कोरोना महामारीका कारण पर्यटक नआउँदा हिमाली भेगका शेर्पाहरु खाना नपाएको, काम नहुँदा जीविकोपार्जनमा ठूलो समस्या खेप्नु परेकाले उनीहरुलाई सहयोग गर्ने भन्ने देखिन्छ ।
शेर्पाको नाम जोडिएर चन्दा संकलनको विषयमा नेपाल शेर्पा संघले यसअघि नै आपती जनाई सकेको छ । महासचिव लाक्पा शेर्पाल शेर्पाको नाम जोडेर गर्ने जुनसुकै विषय विश्वभरी छरिएर रहेको शेर्पाहरुको साझा संगठन ‘नेपाल शेर्पा संघ’सँग सरोकार राख्ने भएकाले समन्वय र परामर्श गरेर अघि बढ्नुपर्नेमा त्यसो नभए अन्यथा हुने बताए । महासचिव शेर्पाले भने ‘सहयोग संकलन हुनु आफैमा नराम्रो कुरा होइन तर शेर्पाको नाम जोडिएर आएकाले शेर्पा संघसँग सम्बन्ध रहन्छ । संकलित सहयोगलाई प्रभावित क्षेत्रसम्म कसरी प्रभावकारी रुपमा पुर्याउने र प्राप्त गरेको नगरेको नियमन गर्ने संयन्त्रका बारेमा समेत प्रष्ट हुर्ने महासचिव शेर्पाले बताए । 
पर्यटन क्षेत्रमा कोभिड १९ का कारण समस्या भएको धरतलीय यर्थात भएपनि कम्पनीहरुलाई त्यसरी शेर्पा र पर्यटन जोडेर चन्दा उठाउने अधिकार नभएको शेर्पा पर्यटन व्यवसायी संघले विज्ञप्ति नै जारी गरेर प्रष्ट पारेको छ । उनले यस सम्वन्धमा आफूहरुको गम्भिर ध्यानाकर्षण समेत भएको उल्लेख गरेको छ । 
शेर्पाको नाम जोडिएर अभियान सञ्चालन भएको विषयमा अभिायन्तहरुले घुमाउरो तरिकाले स्वीकार गरे । एक अभियान्त तेण्डी शेर्पाले सामाजिक सञ्जालमा ‘हाम्रो आउनुपर्ने गेष्टहरुले केही सहयोग गर्छु भनेको छ । आरोहण दलमा जाने साथीहरुले सहयोग रकम पठाउँछु भन्नु भएको हो । किनभने यसपटकको आरोहण कार्यक्रम स्थगित भएपछि हामी रोजिरोटी विहिन जस्तै भएपछि उत्तैको एजेण्टले केही रकम कामदारहरुलाई पठाउँछु भन्नु भएको हो ।’ 
यसरी गोफन्डमीमार्फत चन्दा संकलन गर्ने कम्पनीहरुको फेरिस्त लामै छ । सरोकारवालाहरुले चन्दा संकलन गर्ने कार्य आफैमा नराम्रो नभएपनि परादर्शिकताको विषय पेचिलो भएकाले आपती जनाएको संकेत गरेका छन् । 
चन्दा संकलनलाई तत्काल रोक्नुपर्ने माग गर्दै शेर्पा पर्यटन व्यवसायी संघका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै प्रकाशन गरिएको छ । 

                                                                                                         
                                          बिषयः प्रेस बिज्ञप्ती जारी गरिएको सम्बन्धमा ।

कोरोनाभाइरस (कोभिट–१९) बाट विश्व नै आक्रान्तभइरहेको अवस्थामा नेपालपनि अछुत रहन सकेन । यस महामारीलाई नियन्त्रण गर्ने सर्वोतम उपाय बन्दाबन्दी (लकडाउन) हो । यस महमारीले बच्न नेपाल लगायत विश्वका सम्पुर्ण देशहरुले लकडाउन सहित औषधी उपायहरुको समेत खोजी गरिरहेको छ । यसबाट नेपालको अन्य उद्योग व्यवसाय लगायत पर्यटन क्षेत्रमा नकरात्मक असर परेको छ । यसलाई पर्यटन व्यवसायीहरुले प्रकृतिक विपत्तिको रुपमा लिनु बाहेक अर्को विकल्प छैन । विश्व नै महामारीको चपेटामा रहेको यो आवस्थामा केही पर्यटन व्यवसायीहरुले बिशेष समुदाय र जातीको नाममा अन्तर्रा्ष्ट्रिय रुपमा चन्दा संकलण गर्ने मञ्च गोफण्डमि डटकमको माध्यमबाट गैरकानुनी रुपमा शेर्पा जातीको नामजोडी बिश्व जगतमा समग्र शेर्पा जाती र समाजको प्रतिष्ठामा नै आँच आउने गरि तल उल्लेखित एजेन्सी तथा संस्थाहरुले चन्दा उठाइ रहेको देखिएकोले यसप्रति शेर्पा पर्यटन व्यवसायी संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । शेर्पाको नाम जोडेर चन्दा उठाउने एजेन्सीहरुको नाम निम्नानुसार छ ।

1 Alpine Ascents International                                                   

2 Adventure Consultants

3 Alpenglow Expeditions                                                            

4 Asian Trekking

5 Climbing The Seven Summit                                                   

6 Furtenbach Adventure

7 International Mountain guide                                                 

8 Jagged Globe

9 Madison Mountaineering                                                       

10 Mountain Professionals

11 Himalayan Wonders Treks                                                    

12 Elite Himalaya Adventure

विश्वमा सहासिक हिमाल आरोहीहरुको पहिचान बनाएका नेपालको सोझो र इमान्दार शेर्पाहरुको नाममा यसरी उक्त वेवसाइटको माध्यमबाट चन्दा उठाउने कार्यले विश्व समुदयमा शेर्पा जातीको पहिचानमा आँच आएको मात्र हैन शेर्पा समुदायको नाममा केही गलत र छद्म समुहले कमाउ धन्दा गरेको स्पष्ट छ । कुनै पनि व्यक्ति वा संस्थाले उठाएको चन्दामा हाम्रो कुनै सरकोकार नभएको तर सिंगो शेर्पा समुदायकै वदनाम हुने गरि चन्दा उठाइ रहेको कार्यको कडा शब्दमा भर्त्साना गर्दै यस कार्यलाई अविलम्ब बन्द गर्नको लागि समेत अनुरोध गरिएको छ । पर्यटन क्षेत्रमा काम गर्ने प्रत्येक पदको नाम छ तर त्यसमा शेर्पा जातिको नाम दुरुपयोग गरेर सिङ्गो शेर्पा समुदाय माथि नै बदनाम गराउने काम भइरहेको हामीले महशुस गरेका छौ । विश्वव्यापी रुपमै रहेको यस विषम परिस्थितिमा सबैको अवस्थिति एकै छैन र कहिकतै सहयोगका आवश्यकता नै छैन भनिएको हैन । यसर्थ पनि हामी आवश्यकताको क्षेत्र पहिचान गरी सहयोगका हातहरु बढाउनु पर्ने कुरामा सचेत र स्पष्ट पनि छौ । हामी चन्दा नउठाउ भन्दैनौं । यो बिपद्को आवस्थामा आफनो कम्पनीमा काम गर्ने कामदारहरुलाइ सहयोग गर्नु र उनीहरुको जीवन रक्षाको लागि लागी पर्नु महानकार्य हो तर शेर्पाको नाम प्रयोग गरेर गरिन गैह्र क्रियाकलापहरु प्रति हामीले औला ठडाएको मात्र हो । वि. सं. २०७२ को विनासकारी भुकम्पको बेलापनि यस्ता हर्कतहरु भएको कुरा हाम्रो सामु छर्लंग नै छ । विश्व विपदको बेलामा पनि शेर्पाहरु कै नाम बदनाम नगराउन सम्बन्धित कम्पनिहरुलाइ सचेत गराउनु हाम्रो कर्तव्य ठानेका छौ । हरेक देश तथा राज्यले नै यो महामरीसँग झुध्न बिशेष कार्यक्रमहरु घोषणा गरी कार्य गरिरहेको र नेपालमा पनि राज्यस्तरबाट नै छुटै राहतकोषको स्थापना गरि जनताको लागि कार्य गरिरहेको यस अवस्थामा यसरी नाफा मुलक कम्पनीहरुले पैसा उठाउनु कतिको उचित हुन्छ ? यसको पारदर्शिताको सवाल के हुन्छ ? र नेपालको प्रचालित कानुनको दायरा र आर्थिक अनुशासन अनुसार छ कि छैन ? भन्ने कुरा जनमानसमा प्रश्न उब्जिएकोले पर्यटनसँग सम्बन्धित राष्ट्रिय स्तरका सबै संघसंस्थालाई यसतर्फ सचेत रहन पनि आग्रह गर्दछौं । हामी यस्तो विपदको आवस्थामा नेपालको पर्यटन क्षेत्रको सम्पुर्ण पिडितहरुलाई हातमुख जोड्न सहयोग गर्न चहाने राष्ट्रिय अन्तर्रा्ष्ट्रिय सहयोगी हातहरुलाई नेपालको प्रचालित कानुनको दायरा र आर्थिक अनुशासनमा रही आवश्यक सहयोगको लागि पनि सबैमा हार्दिक अनुरोध गर्दछौ ।


सोनाम ग्याल्जेन शेर्पा
अध्यक्ष
सम्पर्क: ९८५१०७८७४८

 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho