पहिचान जोगाउन युवा पुस्ताको भूमिका

आङ छिरी शेर्पा

२०७६ चैत्र २८, शुक्रबार


आङ छिरी शेर्पा
नेपाल एक बहुलभाषिक, बहुलधार्मिक, बहुलजातीय र बहुलसांस्कृतिक मुलुक हो । सबै भाषा, धर्म र संस्कृति संरक्षण गर्न युवा पुस्ताको दायित्व महत्वपूर्ण हुन आउँछ । पछिल्लो समय हाम्रो भाषा, धर्म र संस्कृति संकटमा पर्दै गएकाले भान हुन्छ । यसलाई बेलैमा जगेर्ना गर्न युवाको काँधमा जिम्मेवारी आइसकेको छ । युवाहरूले आफ्नो भाषा, धर्म र संस्कृति प्रति चासो र बुझ्न नखोज्ने प्रवृत्ति पनि उत्तिकै बढ्दै गएको छ । यो सकारात्मक कुरा होइन । यसले हामीले हाम्रो पहिचानलाई भुल्दै गएको हो की भन्ने आभाष मिल्छ । पू्र्खाले अर्जेको  संस्कार, सस्कृतिलाई जगेर्ना गरे मात्र लक्ष्य प्राप्त गर्न सकिन्छ ।
नेपालमा विभिन्न पर्यटकीय स्थलहरु पहिचान हुँदै गएको छ । यसलाई अझ बढी बढवा दिइ आ–आफ्नो क्षेत्रबाट प्रबद्र्धन गर्नका लागि पनि यहाँ बसोवास गर्ने जातजातिहरुको जातीय संस्कृतिले ठूलो प्रभाव पारेको हुन्छ । जाति भेषभुषा, रहनसहन, चालचलन, खानपिन प्रति बिदेशी पर्यटकलाई आकर्षणको केन्द्रको रुपमा विकास गर्न सकेमा मात्रै समृद्ध नेपाल बनाउने सपना पूरा हुन्छ । 
 

नेपालले आफ्नो प्रतिव्यक्ति आयलाई मजबुत बनाउन पर्यटन प्रमुख हुन सक्छ । यस कार्यमा युवा पुस्ता बढी आफ्नो जातित्वको ख्याल गर्दै लालहित भएर लाग्नुपर्ने देखिन्छ । ग्रामिण क्षेत्रमा धार्मिक र सांस्कृतिक वस्तुलाइ प्रदर्शन ल्याउने, राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसारको अभियान समेत सञ्चालन गर्नुपर्दछ । जसले गर्दा आफ्नो भाषा, धर्म र संस्कृती संरक्षण हुनुको साथै यसबाट हामी आर्थिक लाभ समेत भरपूर रुपमा प्राप्त गर्न सक्छौं ।
पश्चिमा चलन, सस्कृतिको बढ्दो प्रभावले युवा पुस्ता त्यस प्रति बढी आकर्षित हुँदै गएको दुःखद अवस्था छ । घर परिवारबाट समेत आफ्ना छोराछोरीलाई जातिगत भाषा भन्दा पनि पश्चिमा भाषा, धर्म अगाल्न उत्प्रेरित भएको भेटिन्छ । मौलिक भन्दापनि आयातित भाषा पढ्नका लागि दिनहुँ लर्को लाग्नेको संख्यामा कमि छैन । तर त्यही आफ्नोपन सिक्न र अनुसरण गर्न भने लज्जित हुन्छौं । त्यसैले अबका युवा पुस्ताले सम्मान, सहयोग र सहकार्यको बाटो अपनाइ हरेकलाई आफ्नोपन सिक्न उत्प्रेरित गर्नुपर्छ । जनचेतना मुलक कार्यक्रम सञ्चाल्न गरि सामाजिक तथा सांस्कृतिक कार्यक्रममा अहिले आयातित पहिरनलाई बढी प्रयोग गर्ने चलन छ । त्यसलाई परिस्कृत गर्नका लागि हरेक युवा पुस्ताले आफ्नो पहिचान जोगाउनु पर्छ । जसका लागि सामान्यतय आफ्नो भेषभूषामा सजिन सक्नुपर्दछ ।
अहिलेसम्म हाम्रो पहिचान भनेकै हाम्रो भाषा, धर्म र सस्कृती नै हो । यसलाई जिवान्त राख्नु र यसको समुचित विकास गर्नु युवा पुस्ताले चासो दिन जरुरी देखिन्छ । समाजमा सकारात्मक परिपाटीको निर्माण गरि सामाजिक क्रियाकलापलाई अग्रसर गरि आफ्नो जातिगत नृत्य लगायत विविध किसिमको सांस्कृतिक बाचागाचा, धार्मिक स्थान र पुरात्वतिक वस्तुहरुको संरक्षण गर्न युवा पुस्ता जुट्नुपर्छ । त्यस्तै, पू्र्खाको  बलिदान माथि इट्टा थप्दै गम्भीरतापुर्बक लागिपर्नुपर्ने बेला आएको छ । 

 

(लेखकः शेर्पा इभेन्टस् अर्गनाइजर नामक संस्थामा आबद्धा छन् ।)

आङ छिरी शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho