कस्तो स्थानमा कति समय बाँच्न सक्छ कोरोना भाइरस ?

डिल्ली अम्माई

२०७६ चैत्र ८, शनिबार


एकाएक पैदा भई विश्वलाई नै त्राहीमाम पारिरहेको कोरोना भाइरस सतहमा कति लामो अवधि बाँच्न सक्छ ? जस्तै, कसैले संक्रमित ब्याक्तिको फोहोर औंलाले छोएपछि ढोकाको ह्याण्डल, काठ, भुईं र धातुहरूमा यसको आयु कति होला ? जिज्ञासा लाग्नु स्वाभाविक हो ।

यसै साताको एक अध्ययनले पत्ता लगाएको छ कि भाइरस कडा सतहमा जस्तै– प्लास्टिक र स्टेनलेस स्टिलमा ७२ घण्टासम्म र कार्डबोर्डमा २४ घण्टासम्म जीवित रहन सक्छ । त्यस्तै, टेबल वा अन्य काठका सामानमा ४ देखि ९ घण्टासम्म जीवित रहन सक्छ ।

‘यस भाइरससँग केही दिनसम्म जीवित र सक्रिय रहन सक्ने क्षमता छ’, लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयको इकोलोजी र इभोलुसनल जीवविज्ञानका सहायक प्राध्यापक जेम्स लोयड स्मिथको अध्ययनले प्रमाणित गरेको कुरा हो यो ।

यद्यपि विश्व स्वास्थ्य संगठनले कोरोना भाइरससम्बन्धी अनुसन्धानको आधारमा भाइरस सतहमा बाँच्ने समयलाई ‘केही घण्टादेखि केही दिन’ हुने अनुमान गरेको थियो, तर संघीय प्रयोगशालामा वैज्ञानिकहरूले हालको नोभल कोरोना भाइरसबारे परीक्षण गरिएको यो पहिलो अध्ययन रिपोर्ट हो ।

चाखलाग्दो कुरा के छ भने केही पारिला (न्यानो) स्थान र तामा जस्ता धातुहरु नोभल कोरोना भाइरसको जीवनको लागि प्रतिकुल मानिन्छन् । तर, यो भाइरस त्यस्ता धातुमध्ये तामामा लगभग चार घण्टा बाँच्न सफल रहेको पाइयो । यी भाइरस ८६ डिग्री फरेनहाइट भन्दा माथि तापक्रममा लामो समयसम्म सक्रिय हुँदैनन् ।

यो जान्नु महत्वपुर्ण छ कि कोरोना भाइरस कसरी फैलिन्छ ? जब एक संक्रमित व्यक्ति ‘छ्यूँ’ गर्छ वा खोक्छ, भाइरस संक्रमित ब्याक्तिको हात वा स्वास हुँदै घरका ढोकाको हेण्डिल, बिजुलीको स्विच, बटन, स्कुल, होटेल वा क्याफेका भाँडा, खाट, टेबुललगायतमा अवतरण गर्छ । जोसुकैले जुनसुकै बेला यी कुराहरु छोएमा भाइरस फैलिन सक्छ । अनुसन्धानकर्मीले यो पनि पत्ता लगाए कि कोरोना भाइरस प्रभावकारी रूपमा घरमा प्रयोग गरिने किटाणुनाशकहरूद्वारा मज्जैले सफा गर्न सकिन्छ ।

भाइरसको अस्तित्व र समयको परीक्षण गर्न, मोन्टानाको रकी माउन्टेन प्रयोगशालाहरूमा वैज्ञानिकद्वारा नोवल कोरोना भाइरसलाई सार्स भाइरससँग दाँजेर विभिन्न प्रकारका प्रयोगहरू गरियो । दुवै भाइरस हेर्दा उस्तै देखिए पनि प्रकाश, तापक्रम र आद्र्रताको फरकपनले ती भाइरस बाँच्ने र फैलिनसक्ने आधार फरक परेको देखियो ।

घामलाग्ने कोठा वा पारिलो जमिनमा यी भाइरस फैलिन सक्ने सम्भावना ज्यादै कम रहेको प्रमाणित भयो । सूर्यबाट आउने अल्ट्राभ्वाइलेट किरणमा यो भाइरस निस्क्रिय हुने र सुर्यको किरणले यो भाइरस नष्ट गर्ने देखियो । कपडामा यो भाइरस कति बाँच्छ भन्न नसकिए पनि चिसो, कडा, फलामे र ढुंगे सतह यो भाइरसको लागि स्वर्ग सरह हो भन्नेकुरा प्रमाणित भयो ।

यो भाइरस खानाबाट त्यति सर्दैन तर संक्रमित ब्यक्तिले छोएका होटल, रेष्टुरेन्ट वा बारका कप, बसेका स्थान र प्लेटहरू, अज्ञात संक्रमित बसेका सार्वजनिक सवारी साधनका सिट, उसले छोएका चिजबिजहरु संक्रमणका माध्याम हुन सक्छन् । त्यसैले शंका लाग्ने बित्तिकै स्प्रिटले हात धुनु आबश्यक छ । त्यस्तै, घरका रेलिङ, कुर्ची, टेबुल, ह्याण्डिल बिजुलीका स्विच लगायत सबै नियमित पुछ्नु आवश्यक छ । एमोनिया वा स्प्रिटले नियमित हात धुने वा पुछ्ने (Alcohol-based wipe, not baby wipes), तेस्रो हात जस्तो फोहर हाम्रो स्मार्टफोनलाई अल्कोहल बेस रसायनले नियमित सफा गर्ने ।

त्यस्तै, हाम्रो अनुहार नै त्यस्तो स्थान हो जसबाट शरीरमा भाइरस छिर्दछ । त्यसैले कडा गन्ध भएको प्याज हातमा दलेपछि हामीले अनुहारमा घरिघरि छुन बन्द गर्ने छौँ । हातले अनुहारमा छुने बानी कुनै हालतमा पनि त्याग्नु जरुरी छ । त्यसको लागि प्याज हातमा दल्नु यो खराव बानी छुटाउने एक उपाए हुन सक्छ भन्दछन् नर्थवेस्टर्न युनिभर्सिटी फेनबर्ग स्कूल अफ मेडिसिनका क्याथरिन ।

अन्त्यमा, संसारकै मानब जीवनलाई चुनौती दिने मार्गबुर्ग, इबोला, रेविज, एचआइभी, स्मलपक्स, हान्ता, इन्फ्लुएन्जा, डिङ्गो, रोटा, सार्सक्रोनो, सार्स क्रोनो–२ जस्तै र नोबेल क्रोनो भाइरसहरुको संक्रमण अहिले संसारव्यापी रुपमा भएको छ । अगाडिका भाइरस चुनौती जस्तै यो क्रोनो भाइरसको चुनौतीलाई पनि मेडिकल विज्ञ वा स्वास्थ वैज्ञानिकहरुले पक्कै नयाँ खोजबाट सामना गर्ने छन् भन्ने आशा गर्न सकिन्छ ।

तर, त्यतिन्जेलसम्म यो भाइरसले संसारमा कति बितण्डता मच्चाउने हो यसै भन्न सकिन्न । यति हो कि संक्रमणलाई रोक्न हर सम्भव प्रयत्न गर्नुको विकल्प बाहेक हामीसँग उपचारको विकल्प छैन । यो ज्यानमारा भाइरसको संक्रमणबाट सबै सजग बनौँ ।

घटना र विचारबाट

डिल्ली अम्माईका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho