गभर्ननरले बार्षिक ३३ लाख ३३ हजार ५ सय ३८ रुपैया तलब

शेरी शेर्पा

२०७६ चैत्र ८, शनिबार


गभर्नर को पद आर्कषक मानिन्छ । हामीले चलाउने हरेक नोटमा हस्ताक्षर गर्ने व्यक्ति चानचुने पक्कै हुँदैनन् । त्यसैले गभर्नर पद पाउनकै लागि राजनीतिक भागदौड चल्छ । ग्लामरस पद गर्भनरको तलव चै कति होला ?

नेपालका गभर्ननरले बार्षिक ३३ लाख ३३ हजार ५ सय ३८ रुपैया तलब बुझ्छन् । जवकी मुलुकको प्रतिव्यक्ति आय बार्षिक १ लाख ६ हजार रुपैयाँ छ । गभर्नरको यो तलव प्रतिव्यक्ति आयभन्दा ३३ गुणा बढी हो ।

सरकारले तोकेको खुद मासिक पारिश्रमिक भने ९१ हजार ६ सय ६६ रुपैयाँ हो । अन्य सेवा सुविधा तथा भत्ता स्वरुप गभर्नरले मासिक १ लाख ६१ हजार १ सय २८ रुपैया पाउँछन् । राष्ट्रबैक वोर्ड बैठक भत्तावापत उनलाई थप मासिक २५ हजार उपलव्ध हुन्छ ।

पारिश्रमिक र सवै भत्रा जोडेर गभर्नरले मासिक कुल २ लाख ७७ हजार ७ सय ९४ रुपैया पाउँछन् ।
यो पारिश्रमिक भने अन्य बैंकका सिइओहरुको भन्दा कम हो । नेपाली बैंकका सिइओहरुले औषतमा २ देखि ६ लाखसम्म मासिक तलब बुझ्ने गरेका छन् ।

गभर्नरको प्रत्येक २ बर्षमा तलब वृद्धि हुने गरेको छ । यसरी बढ्दा कुल तलबको १० प्रतिशतले बढ्छ । आर्थिक बर्ष २०७७÷०७८ मा १० प्रतिशत बढ्दा गभर्नरको बार्षिक पारिश्रमिक १ लाख १० हजारले वृद्धि हुने छ ।

भारतका गभर्नरले पनि नेपालको गभर्नरकै हाराहारीमा तलब पाउँछन् । भारतीय गभर्नर शशिकान्त दासले मासिक २ लाख ८७ हजार तलब खान्छन् । यो सवै सुबिधा जोडेर पाउने तलव हो ।

भारतका गभर्नरले नेपालकाले भन्दा १० हजार मात्र वढी तलव खान्छन् । तर उनले पाउने तलव भने भारतीय रुपैंया हो ।

पाकिस्तानका गभर्नरको तलब भने नेपाल र भारतकाको भन्दा वढी छ । पाकिस्तानका गभर्नर डा.रेजा वकिरले प्रतिमहिना १६ लाख पाकिस्तानी रुपैया पाउँछन् । वकिरले बार्षिक १ करोड ९२ लाख तलववापत कमाउँछन् ।

अनलाइनहरुबाट

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho