चिकित्सक हुने सपना बुनेकी थिएः क्याप्टेन सोनाम छोकी शेर्पा

लाक्पा जी शेर्पा

२०७६ फाल्गुन ३०, शुक्रबार


सोनाम छोकी शेर्पा
क्याप्टेन, यति एयरलाइन्स

कार्यक्रम सुमनसँग कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम हो । बरिष्ठ पत्रकार सुमन पोखरेल जो लामो समय विविसी नेपाली सेवामा काम गरेर अहिले कान्तिपुरसँग आबद्ध छन् । उनीले आफ्नो लोकप्रिय कार्यक्रममा सोलुखुम्बुमा जन्मिएर यति एयरलाइन्सका पाइलट बनेकी क्याप्टेन सोनाम छोकी शेर्पासँग २०१९ को सेप्टेम्बरको एक अध्यायमा कुरा गरे । उक्त कुराकानी अझै पनि सान्दर्भिक नै ठानेर यहाँ प्रस्तुत गरेको छ ।


सुमनः यही थियो सपना वाल्यकाल देखि ?
सोनामः वाल्यकालदेखि नै चाँही होइन । दोस्रो विकल्प हो यो । सपना त ‘डाइनोग्लोलिष्ट’ भन्ने थियो । किनकी गाउँहरुमा राम्रो स्वास्थ्य सुविधा थिएन त्यहाँ गएर सेवा गर्ने रहर थियो ।
सुमनः आफ्नो भिलिजेज भनेको आफ्नै गाउँ हो ?
सोनामः हो, सोलुखुम्बु ।
सुमनः अनि के भयो ?
सोनामः कक्षा १२ को परीक्षा अलिकति विग्रियो । अनि त्यसपछि सोचेँ, नराम्रो डाक्टर हुनुभन्दा राम्रो पाइलट बनेको राम्रो भनेर यता लागेँ । अहिले व्यवसायीक रुपमा विमान उडाउन थालेको ८ बर्ष भयो । 
सुमनः कति घण्टा भयो उडेको ?
सोनामः २ हजार बढी भयो । यसैमा एकदमै रमाइराखेकी छु । 

सुमनः तर, यहाँकी आमा जो एक्ली हुनु हुन्थ्यो, उहाँको पनि सपना यहीँ थियो ?
सोनामः आमाको नै सपना हो मलाई पाइलट बनेको देख्ने । त्यसवखत ‘मिलिटिरी एयरफोर्स’, इन्डियन एयरफोर्समा महिला विमनचालकहरु थिएन । मेरो काका हुनुहुन्छ । उहाँ हेलिकोप्टरको पाइलट हुनुहुन्थ्यो । अहिले आवकास प्राप्त गरिसक्नु भयो । उहाँबाट प्रेरणा थोरै पाएँ ।
सुमनः भनेपछि उहाँलाई देख्दा यस्तै पोशाकमा देखिन रहर जाग्यो ?
सोनामः हो । मलाई सानै देखि यो पोशाकदेखि रुची थियो ।
सुमनः वाल्यकालमा जे देख्यो त्यसले एउटा छाप छोड्ने रहेछ हगी ?
सोनामः हजुर, ‘यु लर्न वाई एक्जम्पल, चाइलहुड’ भन्छन् नी । काकाको स्मार्टनेस, डिसिपिलीन देखेरपनि म विमान चालिका हुन आकर्षित भएँ । 
सुमनः नेपालमा प्रायः छोराको शिक्षामा र छोरीको विवाहमा लगानी गर्छन नी प्राय ?
सोनामः हजुर, तर हाम्रो क्षेत्रमा त्यस्तो छैन । हाम्रो शेर्पा समुदायमा त्यो छैन । केटा केटी भनेर त्यसरी छुट्याउने गरेको पाएकी छैन ।
सुमनः त्यही भएर ममीले तपाईलाई यहाँसम्म ल्याउनु भयो ?
सोनामः हो । मेरो ममी अर्धवैंशमै विधुवा हुनु भयो । मैले असहज महशुस नगरोस भनेर पनि यहाँसम्म ल्याउन मिहिनेत गर्नु भयो । ममी सानैदेखि मिहिनेती, साहसी हुनुहुन्थ्यो । उहाँले नै यस्तो निडर हुन सिकाउनु भयो ।
म पनि सानैदेखि खेल क्षेत्रमा लागेको हुँ । साहसिक खेलहरु मलाई मनपर्छ । अहिलेपनि सबै खेलहरु खेल्छु । मन पर्छ । 
 

सुमनः अध्यायनका लागि कहाँ जानु भयो ?
सोनामः फिलिपिन्समा गएर पढेँ । घण्टाको हिसाबमा कक्षा हुन्छ । २०५० घण्टा पढ्नुपर्छ । मेरो चाहि १० महिनामा पूरा भयो । कसैलाई एक बर्ष कोहीलाई त २ बर्ष नै लाग्छ ।
सुमनः धेरैका लागि त यो महंगो भयो, खर्चिलो भयो हैन ?
सोनामः हो । अहिले त झनै कति महंगो भइसक्यो । मैले अग्नीबाट शुरु गरेँ । पाइलट पढ्न, तालिम लिन खर्च गरेको रकम अहिलेपनि फिर्ता भएजस्तो मेरो हिसाबमा छैन ।
बाँकी भिडियोबाट...

तस्वीरहरुः सामाजिक सञ्जालबाट

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho