सिड्नीमा शेर्पाहरुको ग्याल्पो लोसार

शेर्पाखबर

२०७६ फाल्गुन २९, विहिबार


सिड्नी । अस्ट्रेलियामा रहेका शेर्पा समुदायले आइतबार ग्याल्पो ल्होसार भव्य रुपमा मनाए ।  रकडेलको इन्द्रेणी फङसन सेन्टरमा मार्च ८ मा पूजाबाट शुरु भई स्वागत गीत र खादाले पाहुनालाई सत्कार गर्दै  मनाएको हो ।
कार्यक्रममा शेर्पा एसोसिएसन अफ न्यू साउथ वेल्सका अध्यक्ष कर्मा शेर्पाले मातृभाषामा स्वागत मन्तव्य राखेका थिए । शेर्पा भाषामा स्वागत भाषणले कार्यक्रमलाई निकै रोचक बनाएको थियो । उनले ग्याल्पो ल्होसारका बारेमा जानकारी गराउँदै नयाँ पुस्ताले हाम्रो संस्कृतिलाई कसरी संरक्षण गर्नुपर्नेमा जोड दिए । नयाँ पुस्तालाई शेर्पा संस्कृति हस्तान्तरण गर्दै जाने र शेर्पा समुदायको चाँडमा भेला भएर पर्व मनाउने उद्देश्यले प्रवाशमा पनि ग्ल्यामो ल्होसार मनाउने परम्परा बसालिएको अध्यक्ष शेर्पाले बताए ।

अस्ट्रेलियन हिमालय फान्डेसनका अध्यक्ष साइमन्ड बालडस्टोनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष साइमन्डले हिमालय फान्डेसनले नेपालका हिमाली क्षेत्रमा पुगेर शिक्षाको क्षेत्रमा दिएको योगदान बारेमा चर्चा गरे ।
यस्तै, कार्यक्रममा निम्फाका अध्यक्ष अरुण कुमार तमाङले शेर्पा एसोसिएसन अफ न्यू साउथ वेल्सका कार्यक्रमको चर्चा गरेका थिए । शेर्पा सस्कृति झल्कने कार्यक्रम सम्पन्न भएपछि अनौपचारिक कार्यक्रम  पुरस्कार वितरण तथा अन्य विविध  कार्यक्रममा  खानाको परिकार र भेषभूषाको प्रस्तुति  रहेको थियो । कार्यक्रमलाई स्थानीय कलाकारले सांगीतिक माहोल बनाएका थिए ।
 

अनु लामाको सहयोगमा

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho