इजराइलमा गायक दावा के शेर्पा

शेर्पाखबर

२०७६ फाल्गुन १७, शनिबार


इरजाइल (शेर्पाखबर) । शेर्पा किदुग इजराइलले लोसार कार्यक्रमको साथमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा चर्चित गायक दावा के शेर्पा इजराइलमा आयोजित ‘ग्याल्पो लोसार साँझ २१४७’ मा आफ्नो प्रस्तुती दिए । 
च्याक फो चिवा ल्हो २१४७ को अवसरमा शुभकामना आदनप्रदानका साथमा सांस्कृतिक प्रस्तुती भव्य रुपमा भएको संस्थाका दावाछिरिङ शेर्पाले जानकारी दिए । 
पछिल्लो समय ‘माछि जालैमा, कान्छी फेवा तालैमा’ गीत युट्युवमा ट्रेण्डिङमा परेसँगै सर्वत्र चर्चामा रहेका दावा केले नेपाल शेर्पा संघको समेत प्रतिनिधित्व गर्ने छन् । उनी नेपाल शेर्पा संघको केन्द्रीय सदस्य समेत हुन् । शेर्पा कलाकार संघका महासचिव समेत रहेका दावा केको स्वरमा सजिएको थुप्रै चर्चित गीतहरु बजारमा छन् । उनी शेर्पा समुदायमा लोकप्रिय मानिन्छ । मिठो स्वरका धनी भनेर उनले नेपाली संगीतमा परिचय बनाएका छन् । 
इजरायलपछि  गायक शेर्पा साइप्रसमा आयोजना हुने लोसार कार्यक्रममा सहभागि हुने जनाएको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho