उन्जेलामा स्मृती लोसार कप २०७६ ‘महोत्सवको रुपमा हुने’

शेरी शेर्पा

२०७६ माघ १८, शनिबार


शेरी शेर्पा
ओखलढुङ्गा (शेर्पाखबर) । ओखलढुङ्गामा शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारको अवसरमा उन्जेलामा स्मृती ल्होसार कप आयोजना हुने भएको छ । उन्जेलामा स्मृति प्रतिष्ठानको आयोजनामा ल्होसारको अबसर पारेर तेश्रो उन्जेलामा स्मृतिकप २०७६ को आयोजना गरिएको हो । कार्यक्रम खिजीदेम्बा गाउँपालिकाको वडा नं. ९ पात्लेको शिवालय माध्यामिक विद्यालयमा हुने कार्यक्रम संयोजक पेमा रिन्जी शेर्पाले जानकारी दिए ।


मूसा वर्ष च्या फो चिवा ल्हो २१४७ को अवसरमा फागुन ५ देखी १२ गतेसम्म विभिन्न खेलकुद र प्रतियोगिता र अन्य प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता वडा नं. ९ पात्लेमा रहेको सबै सामुदायिक विद्यालयहरुमा सञ्चालन हुने विहिवार ओखलढुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी व्यवस्थापक लाक्पा जी शेर्पाले जानकारी दिए । सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा जनाए अनुसार प्रतियोगितालाई महोत्सवको रुपमा पात्लेका चारओटै सामुदायिक विद्यालयमा फरक–फरक दिन फरक–फरक प्रतियोगिता सञ्चालन हुनेछ ।
‘संस्कृतिको संरक्षण, पूर्खाको विरासतको रक्षा गर्दै ‘नेपाल भ्रमण बर्ष २०२०’ सफल पारौं’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरेको हो । ग्याल्पो ल्होेसारको शुभकामना आदनप्रदान गर्दै युवाहरुलाई खेल क्षेत्रमा आकर्षण बढाउने हेतुले प्रतियोगिताको आयोजना गरिएको शेर्पाले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता महादेव आधारभूत विद्यालयमा सञ्चालन हुनेछ । त्यस्तै बक्तृत्वकला प्रतियोगिता जनता आधारभूत विद्यालय दोराखर्क तथा आधारभूत तह स्तरीय शिक्षकहरुको वादविवाद प्रतियोगिता पिके फाप्रे आधारभूत विद्यालयमा हुनेछ । प्रतियोगिताका अन्य प्रतिस्पर्धाहरु भने शिवालय माद्यमिक विद्यालयमा सञ्चालन पत्रकार सम्मेलनमा जानकारी दिए ।
२०७० सालमा गठन भएको प्रतिष्ठानले प्रथम उन्जेलामा स्मृतीकप २०७१ मा र दोस्रो २०७५ मा सम्पन्न गरेका थिए । तेश्रो उन्जेलामा स्मृती ल्होसार कप २०७६ भने फागुनको पहिलो हप्तामा सञ्चालन गर्न लागिएको हो । तेश्रो उन्जेलामा स्मृती ल्होसार कपमा ‘पालिका स्तरीय भलिवल प्रतियोगिता, खुला मिनी म्याराथुन, आधारभूत विद्यालय स्तरीय हाजिरी जवाफ, निम्न÷माद्यमिक विद्यालय स्तरीय बक्तृत्वकला, प्राथमिक विद्यालय स्तरीय शिक्षकहरुको वादविवाद प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा जानकारी गराईए अनुसार पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताका विजयी टिमले शिल्ड, मेडल, प्रमाण–पत्रका साथमा क्रमशः विजेताले नगद रु. ५५ हजार ५ सय ५५, उपविजेताले नगद रु. ३३ हजार ३ सय ३३ र सान्त्वनाले नगद रु. ११ हजार १ सय ११ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ठ र अनुशासितलाई जगद रु. ३ हजार ३ सय ३३ प्रदान गरिने जनाईएको छ ।

त्यस्तै, खुल्ला मिनि म्याराथुन प्रतियोगितामा विजयी हुन विजेताले नगद रु. ११ हजार १ सय ११ र उपविजेताले नगद रु ५ हजार ५ सय ५५ का साथ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  खुल्ला मिनी म्याराथुनमा नेपाली सेना र प्रहरीमा कार्यरत साथै मधुमेह, श्वासप्रश्वास र मुटु सम्वन्धि रोग भएकाहरुलाई सहभागि नगराईने पनि पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको छ ।
त्यस्तै, अन्य प्रतियोगिताका विजेता र उपविजेताहरुलाई समेत नगद पुरस्कार र प्रमाण पत्रको व्यवस्था गरेको जनाएको छ । 
प्रतियोगिताका सुरुवात फाल्गुन ५ गतेवाट हुने भएपनि औपचारिक उद्घाटन फागुन ९ गते प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाब गुरुङले कार्यक्रमको उद्घाटन गर्ने छ । त्यस्तै, फागुन १२ गते चिवा ल्हो ल्होसारको अवसरमा टुल्कु ङावाङ थार्चिन रिन्पोछेबाट छेवाङ (अभिषेक) प्रदान गर्दै कार्यक्रम समापन हुनेछ ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho