शेर्पा कलाकारको सम्मानका लागि ‘शेर्पा म्युजिक अवार्ड’ 

मिङमार सार्की शेर्पा

२०७६ माघ ७, मंगलबार


काठमाडौं (शेर्पाखबर) । शेर्पा समुदायमा रहेका शेर्पा कलाकारहरुलाई प्रोत्साहन, हौसला बढाउन ‘शेर्पा म्यूजिक अवार्ड २०२०’ हुने भएको छ । शेर्पा इभेन्ट अर्गनाइजरले शेर्पा म्युजिक अवार्ड २०२० को आयोजना गर्न लागेको हो । 
शेर्पा कलाकारहरु धेरै जना भएपनि उनीको कलाको खास सम्मान हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै म्यूजिक अवार्डमार्फत सम्मान गर्न लागेको अध्यक्ष नुरु शेर्पाले जानकारी दिए । ‘धेरै कलाकार जन्मिए तर अहिलेसम्म कहीँकतैबाट अवार्डहरु प्राप्त गरेको देखिँएन । देशको गहना भनेकै कलाकार र संगीतकार हुन र उहाँहरुलाई सम्मान गर्नु तपाई हाम्रै कर्तव्य हो । त्यसैले कार्यक्रम आयोजना गर्न लागेका हौं ।’ अध्यक्ष शेर्पाले भने ‘समाजमा भएका कलाकारहरुलाई कसरी उपल्लो स्थानमा पु¥याउने भन्ने उद्देश्य लिई विगत लामो समयदेखि सांगितिक र कलाकारिता क्षेत्रमा आवद्ध रहेर  समाजमा योगदान पुर्याउने कलाकारलाई हौसला प्रदान गर्न हामीले अभियान सञ्चालन गरेका छौं ।’
अवार्डका लागि शेर्पा कलाकारहरुले नाम, गीतको एल्बम,  गीतको वोल, तस्बीर शेर्पा इभेन्ट अर्गनाइजरको अफिसियल फेसबुकमा मेसेज गर्नु पर्ने छ । अवार्ड दुई महिनासम्ममा सम्पन्न गर्ने आयोजकको भनाइ छ ।
‘आधुनिक शैलीमा शेर्पा भाषा धर्म र संस्कृतिको जगेर्ना’ भन्ने  नारालाई सहित विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho