म्याक्स इभेन्टस्को आयोजनामा ‘शेर्पा खाना महोत्सव भव्य’

शेरी शेर्पा

२०७६ माघ ४, शनिबार


शेरी शेर्पा
काठमाडौं (शेर्पाखबर) । शेर्पा खानाका परिकारहरुको उत्सव सम्पन्न भएको छ । सांस्कृतिक प्रस्तुतीका साथमा ‘शेर्पा फुडस् फेस्टीभल २०२०’ आयोजना भएको हो । शेर्पा समुदायमा प्रचलित खानाका परिकारहरु महोत्सवका विशेष आकर्षण हुन । 
म्याक्स इभेन्ट अर्गनाइजरको आयोजनामा भएको कार्यक्रममा चल्तीका गायकगायिकाहरुले आफ्नो प्रस्तुती दिए ।

नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहयोगीलाई सम्मानपत्र समेत प्रदान गरे । हजारौं युवाहरुको उपस्थितीमा चुच्चेपाटीको ह्यात मैदानमा भएको कार्यक्रममा चर्चित र्यापर ‘भिटेन’ को प्रस्तुती दिए । आयोजक संस्थाका प्रमुख डिजे ङावाङ शेर्पाका अनुसार ‘भ्वाईसअफ नेपालका प्रतिस्पर्धी याङ्की ह्योल्मो र चर्चित गायक गम्बु शेर्पाको विशेष प्रस्तुती रह्यो’ । कार्यक्रमका आकर्षणका रुपमा गायकहरु छेवाङ लामा, दावा के शेर्पा, गोम्पो शेर्पा, ल्हमु शेर्पा, दावादिन शेर्पा, साङ्गे शेर्पा, कुसाङ शेर्पा स्टेजमा देखिए । त्यस्तै, डिजे ङावाङ स्वयम् र डिजे सोनामले कार्यक्रममा डिजेइङ गरे । 
शेर्पा समुदाय हिमाली भेगमा बसोवास गर्ने जाति हो । शेर्पाहरु विशेष गरी जाडो ठाउँमा वस्ने भएकाले शारीरिक रुपमा उर्जा (ताप) दिने खाने कुरा नै उनीहरुको मूख्य खाना हो । ‘त्वा, रिल्दुक, रिकीकुर, फाल्गी, थेन्थुप’ आदि परिकार शेर्पा समुदायको विशेष हो । र, यो जाडो मौसममा नै खाइन्छ । जाडो मौसमलाई लक्षित गरी शेर्पा समुदायको ‘टिपिकल’ खानासहित आयोजना गरिएको कार्यक्रमले समुदायको पहिचान झल्काउन सघाउन पुगेको आयोजक संस्थाका शेर्पाले विश्वास व्यक्त गरे । 
यस्ता खाले कार्यक्रमले समुदायको श्रीबृद्धि हुनका साथै शेर्पा समुदायमा प्रचलनमा रहेको खानाका परिकारका विषयमा अन्य समुदायमा समेत सकारात्मक सन्देश पुग्ने भएकाले कार्यक्रम प्रभावकारी रहेको नेपाल शेर्पा संघका अध्यक्ष लामाले बताए ।  

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho