पुरातात्विक मानेको संरक्षणमा जुट्यो खिजीदेम्बा गाउँपालिका

लिला सुनुवार

२०७६ मंसिर २२, आईतबार


ओखलढुंगाको खिजीदेम्बा गाँउपालिका पुरातात्विक महत्वाको ऐतिहासिक मानेहरुको संरक्षणमा जुटेको छ ।

मितेरी सामुदायिक वन उपभोत्ता समिती खिजीदेम्बा ९ र खिजीदेम्बा गाँउपालिकाको सहकार्यमा कुल १ लाख ३१ हजारको लागतमा खिजीदेम्बा ९ पात्लेमा रहेका ५ वटा माने हरुमा रङरोगन गरिएको छ ।

खिजीदेम्बा गाँउपालिकाको ९  पात्लेमा २६ वटा पुरातात्विक मानेहरु रहेको गाँउपालिकाको तथ्याङकमा उल्लेख छ ।

ठुलाठुला पहरा र पुराना ठूलठूला ढुंङ्गाहरुमा लोपोन्मुख सम्भोटा लिपिमा कुदिएका मानेहरु संरक्षणको अभाबमा जिर्ण अवस्थामा रहेका छन ।
कति सालमा कस्ले मानेको निर्माण गरेको हो भन्ने एकिन तथ्याङक नभए पनि यि मानेहरु करिब ४ सय देखि ५ सय बर्ष पुरानु भएको स्थानियहरुको दाबी छ ।

खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले गाँउपालिका भरिरहेका ऐतिहासिक तथा पुरातात्विक ठाउँ तथा वस्तुहरुको खोजी गरि संरक्षण गरिने बतायो ।

यसै गरि गाँउपालिका उपध्याक्ष शुसिला तामाङले ऐतिहासिक तथा पुरातात्वि ठाउको संरक्षण तथा प्रर्बद्धनले संस्कृतिको संरक्षण हुनुका साथै बाह्य तथा आन्तरिक पर्यटनमा बृद्धीहुने बतायो ।

लिला सुनुवारका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho