शेर्पा संघको महाधिवेशन ‘उपराष्ट्रपति पुनमगरद्धारा उद्घाटन’

लाक्पा जी शेर्पा

२०७६ मंसिर १६, सोमबार


लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघको आसन्न महाधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनमगरले उघद्घाटन गर्ने तय भएको छ । पौष ४ र ५ गते हुने छैठौं महाधिवेशनको उद्घाटनका लागि प्रमुख अतिथिको रुपमा उपराष्ट्रपति पुनमगरलाई निमन्त्रणा दिइएको हो । 
यसअघि शेर्पा समुदायको विभिन्न कार्यक्रममा उपराष्ट्रपतिलाई निमन्त्रणा गरेको भएपनि अन्तिम अवस्थामा स्थगित भएको थियो । 
संघको पाँचौ महाधिवेशन तत्कालिन गृह तथा उपप्रधानमन्त्री वामदेव गौतम प्रमुख अतिथि थिए । 
उपराष्ट्रपति पुनलाई निमन्त्रणा दिन संघका महासचिव ङावाङ सोनाम शेर्पाको नेतृत्वमा कोषाध्यक्ष तथा प्रदेश सांसद डिएन लामा शेर्पा, पूर्व राजदूत लक्की शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा लगायत उपराष्ट्रपति निवास ग्रिनहाउस लैनचौर पुगेका थिए । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho