मिस मंगोलको आह्वान ‘मृगौला पीडित २२ बर्षिया गुरुङलाई सहयोग गरौं’

शेरी शेर्पा

२०७६ मंसिर १४, शनिबार


काठमाडौं (शेर्पाखबर) । दुबै मृगौलाले काम गर्न छोडेकी २२ बर्षिया आयुश्मा गुरुङको उपचारमा सहयोग जुट्न थालेको छ । उपचाररत गुरुङलाई दक्षिण कोरियाबाट ५० हजार नगद सहयोग प्राप्त भएको हो । यहाँ कार्यरत कल्पना गुरुङको सक्रियतामा उक्त रकम संकलन गरी मिस मंगोल २०१८ जाङमु इनन शेर्पामार्फत विरामीलाई हस्तान्तरण गरेको हो । 
नुवाकोटको शिवपुरी गाउँपालिका–४ निवासी गुरुङलाई परिवारबाट मिर्गौलादाता भेटिएपनि ट्रान्सप्लान्टका लागि आर्थिक अभावले समस्या भएको छ । अस्पतालले लगभग २५ लाख रुपैयाँ लाग्ने जनाएकाले उनीहरु सहयोगी मनहरुको पखाईमा छन् । 
‘जीवनमा विभिन्न योजनासहित अघि बढीरहेका उनीको जीवन रक्षा गर्नु हामी सबैको परम कर्तव्यह हो त्यसैले सहयोगका लागि अपिल गर्दछुं ।’ मिस मंगोल शेर्पाले भनिन् ‘मानवियताको नाताले सबैले ेगुरुङलाई बचाउन सहयोग गरौं ।’ आयुस्मालाई आफ्नै दिदी बहिनी सम्झेर सबैले सहयोग गर्न समेत मिस मंगोल शेर्पाको आग्रह छ । 
आयुश्माको जीवन रक्षाका लागि कल्पना गुरुङको नाममा मेघा बैंकमा खाता पनि खोलिएको छ । बैंक खाता नम्बरः ०२५००५००००४३१ रहेको छ। वा आयुस्माको दिदी सञ्जु गुरुङलाई ९८१८००७७३६ नम्बरमा सम्पर्क गरेर पनि सहयोग प्रदान गर्न सक्ने छन् । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho