गोरखाली गल्र्स व्याण्डको ‘गुन्जिरहेका सपना’ सार्वजनिक

लाक्पा जी शेर्पा

२०७६ मंसिर १३, शुक्रबार


काठमाडौं (शेर्पाखबर) । गोरखाली गल्र्स व्याण्डको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘गुन्जिरहेको सपना’ व्याण्डको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो । 
दाजुभाई कम्पनीले प्रस्तुतीमा तयार भएको म्यूजिक भिडियो ठमेलको एक क्लबमा छयाँकन गरिएको व्याण्डका अध्यक्ष साङ डोमा शेर्पाले जानकारी दिए । ६ जना गल्र्सहरुको समूह रहेको व्याण्डले तयार पारेको म्यूजिक भिडियो सिसम राईले कम्पोज र शब्द, स्वरमा म्रिनल मानन्धर, वेशमा रेनु स्याङ्बो छन् । त्यस्तै, गितारमा सुस्मा घलान र इसिका विके, बाँसुरीमा यजु आचार्य, ड्रममा साङ डोमा शेर्पा रहेकी छन् । छेवाङ लामाको निर्देशनमा तयार भएको म्यूजिक भिडियो विजय पौडलेले सम्पादन गरेको थियो । बजारमा ल्याउन  अम्बिका लामा लगायतले सहयोग गरेका छन् । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho