ठुल्सिक याङ्सीबाट ‘शेर्पा संघको भवन उद्घाटन’

लाक्पा जी शेर्पा

२०७६ मंसिर १३, शुक्रबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघको केन्द्रीय कार्यालय उद्घाटन पौष २ गते हुने भएको छ । परमपुज्य ३२ औं धर्मगुरु ठुल्सिक याङ्सी ‘क्याब्जे जिग्मे ठिन्ले कुनख्याप रिन्पोछे’ बाट भवनको औपचारिक उद्घाटन तय भएको हो । 
राजधानीको नारायणटारमा खरिद गरेको भवनमा संघको कार्यालय सञ्चालनमा आइसकेको भएपनि औपचारिक रुपमा उद्घाटन भने भएको छैन । पाँच करोडको लागतमा खरीद गरेको भवनमा शेर्पा समुदायको सम्पूर्ण सामाजिक संस्थाहरुको कार्यालय रहने नीति समेत संघले अघि बढाएको छ । संघको छैठौं महाधिवेशनको पूर्वासन्ध्यामा भवन उद्घाटनलाई विशेष रुपमा हेरिएको छ । संघको पाँचौ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले भवन निर्माणलाई ठूलो उपलब्धिको रुपमा परिभाषित गर्दै आएको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho