सुनसरी शेर्पा महिला र संघमा नयाँ नेतृत्व

तेञ्जिङ शेर्पा

२०७६ मंसिर ४, बुधबार


धरान (शेर्पाखबर) । नेपाल शेर्पा संघ सुनसरीमा प्रमोद गर्जा शेर्पा अध्यक्षमा सर्वसम्मत चयन भएको छ । धरानमा शनिबार सम्पन्न भएको छैटौं जिल्ला अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । बिधान अनुसार ६ जना पछि मनोनित गर्ने प्रबन्धान छ । 
समितका उपाध्यक्ष ओङ्छी सलका शेर्पा, सचीव तेञ्जिङ गर्जा शेर्पा, सह–सचिव दासाङ गोपर्मा शेर्पा, कोषाध्यक्ष ङाजुङमा शेर्पा र सहकोषाध्यक्ष फुर्दिकी शेर्पा लगायत रहेका छन् । सदस्यहरु मिडे गर्जा शेर्पा, फुर्दिकी खम्बाचे शेर्पा, फुदोर्ची लामा, पासाङ सुर्वा शेर्पा, नुर्बु पिनासा शेर्पा निम्छिरि गोले शेर्पा, निमा च्यावा शेर्पा, दावा गर्जा शेर्पा, मिङमा हलुण्डा शेर्पा, मञ्जु शुर्वा शेर्पा र पदेन सदस्य गेल्बु च्यावा शेर्पा रहेका छन ।
शनिबार नै शेर्पा पुमपेजी चिछोग (नेपाल शेर्पा महिला संघ) को तेश्रो जिल्ला अधिवेशन समेत सम्पन्न भएको छ । अधिवेशनले  अध्यक्षमा कल्पना टाक्तोक शेर्पालाई सर्वसम्मत रुपमा चयन गरेको हो । 
शेर्पा महिलाको उपाध्यक्षमा जिना खम्बाचे शेर्पा, सचिब लाक्पादिकी गर्जा शेर्पा, सहसचिव अनिता शेर्पा, कोषाध्यक्ष मिनिका च्यावा शेर्पा र सदस्यहरु डोल्मा सुर्वा शेर्पा, माया शेर्पा निङमा शेर्पा, पेमलमु शेर्पा, मिङमा खाङ्डु शेर्पा र पदेन सदस्य ङाजुङमा शेर्पा लगायत चयन भएको जनाएको छ । 
‘सम्पूर्ण शेर्पाहरुको चाहना अधिकार र पहिचान सहितको शेर्पालुङको स्थापना’ भन्ने नाराका साथ सम्पन्न भएको जिल्ला अधिवेशन नेपाल शेर्पा संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष डा. लाक्पा शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रमुख अतिथि शेर्पाले समुदायको भाषा, संस्कृति इतिहासको रक्षाको लागि सामुदायिक एकता र संस्थागत कृयाशिलतामा जोड दिदै राज्य पुनर्संरचना अन्तरगत सामुदायिक कलस्टर मिलाउन पुनः सिमांकन गर्नुपर्ने धारणा राखे । उनले अहिलेको सात प्रदेशको संरचाना परिवर्तन गर्न आवस्यक रहेको उल्लेख गर्दै तत्कालिन राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अनुसार पहिचान सहितको शेर्पालुङ सहितको १० जोड १ को राज्य संरचना निर्माण गर्नुको विकल्प नभएको दाबी गरे । उनले थपे ‘त्यसका लागि संविधान संशोधन जरुरी छ ।’ राज्यको चरित्र हाल पनि एकल नश्लकै प्रभुत्वमा रहेको दाबी गर्दै डा. शेर्पाले भने ‘नेपाली समाजको बनोट अनुसार जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक एबं समाबेशी हुनुपर्ने हो तर यहाँ एकल नश्लीय सत्ता हाबी छ ।’ उनले बिधान संशोधन गरि शेर्पा संघ प्रदेश हुँदै वडा तहसम्म संस्थागत संरचना बिस्तार गरि समुदायलाई संगठित गर्ने काम भैरहेको जानकारी दिए । 
त्यसैगरी शेर्पा महिला संघका तर्फबाट प्रमुख अतिथिको रुपमा शेर्पा महिला संघका केन्द्रीय अध्यक्ष ङिमी शेर्पा रहेका थिए । प्रमुख अतिथि ङिमी शेर्पाले शेर्पा महिलाहरुलाई एक जुट भइ संगठित हुन आग्रह गर्दै उच्च शिक्षा अध्यायन, चेतना बिस्तारसँगै आर्थिक, सामाजिक हिसाबले महिलाहरुलाई सशक्तीकरण गर्दै समान अधिकार प्राप्तिको दिशामा लाग्न आह्वान गरिन् ।
 

तेञ्जिङ शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho