उपचारमा १५ रुपैयाँ सहयोग, पछि ५ सयका झण्डा !

शेर्पाखबर

२०७६ मंसिर ४, बुधबार


काठमाडौ । नेपालीमा एउटा उक्ति छ ‘दिसा गरिसकेपछि चर्पी देख्ने’, लेखक, कवि तथा समाजसेवी विरेन्द्र तुम्बापो ‘प्रतीक’सँग उपरोक्त उक्ति मेल खान गएको छ ।
केहिदिन अघि लेखक, कवि तथा समाजसेवी विरेन्द्र तुम्बापो ‘प्रतीक’ को देहवसान भयो । राजनैतिक आस्थाका कुरा गर्दा स्वः तुम्बापोले आफ्नो जीवनकालका लामो समय नेकपामा समर्पण गरेका थिए । उनि नेकपाका जिल्ला सदस्य थिए । जब तुम्बापो बिरामी परेर अशक्त बने तब उनको उपचारार्थ आर्थिक सहयोग रकम संकलन गरेको कवि बिबश बेनाम आफ्नो पोस्टमा लेख्छन् । सहयोग संकलन गर्दै जाँदा नेकपा निकट समाजसेवी तथा व्यावसायिहरूले १५/२० रुपैयाँ मात्र सहयोग गरेको तर जब उनको देहवसान भयो तब उनलई ५०० पर्ने पार्टीको झण्डा ओडाइदिएको ढोंगी विचारप्रति ब्यंग्य गर्दै कवि बिबश बेनामले फेसबुकमा स्टाटस लेखेका छन् ।
कवि बिबश बेनामको स्टाटस जस्ताको तस्तैः
कवि, समाजसेवी विरेन्द्र तुम्बापो “प्रतीक“ लाई बढो तामझामका साथ हँसीया हथौडाको रातो झण्डा ओडाएर बिदा गरिएछ । साच्चै भन्दा हिजो बिरेन्द्र दाइ पटकपटक मृत्युसँग लडिरहन्दा उनको स्वास्थ्य लाभगर्ने कोहि पनि थिएनन् । उनको उपचारको लागि साहित्यकार प्रेम ओझा, मधु केरुङ , म लगायतकाले कापी कलम बोकेर १०/२० रुपैयाँका दरले सहयोग उठाएका थियौ ।
हामिलाई थाहा छ, हिजो बिरेन्द्रका लागि सहयोग भनेर बडेमानको होटल चलाउने एकजना कम्युनिस्ट मालिकले जम्मा १५ रुपैयाँ सहयोग गर्नुभएको थियो । ३ लाखको बुलेट कुदाउने एकजना ठेक्केदार कम्युनिस्ट साथिले जम्मा २० रुपैयाँ सहयोग गर्नुभएको थियो । तर आज बिरेन्द्र दाईको अन्तिम पार्थिव शरीर जलाउन यिनै दुई कम्युनिस्टहरु ५०० रुपैयाँ बराबरको रातो हथौड़ा सिर्जित झण्डा बोकेर श्रद्धाञ्जली दिन पुगेका थिए ।
यी दुई कम्युनिस्टको फोटो देखेर भन्न मन लाग्यो “बिरेन्द्र दाइ, हिजो तपाइको उपचारको लागी जम्मा २० रुपैयाँ सहयोग गर्ने एकजना धनाड्य कम्युनिस्टले आज ५०० रुपैयाको बडेमानको झण्डाले तपाइको लासलाई छोपेका छन् , है !

nayaonline.com

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho