शेर्पा संघको विधान संशोधन गर्न ‘ज्ञापन पत्र !’

शेरी शेर्पा

२०७६ मंसिर ३, मंगलबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघको विधानमा भएको त्रुटीहरु संशोधनका लागि समाजवादी शेर्पा संघले ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । मंसिर ६ गते संघको कार्यालय नारायणटार, जोरपाटीमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो । 
समाजवादी पार्टी निकट गठीत संगठनले शेर्पा संघको विधानमा विभिन्न त्रुटी, प्रचलित व्यवस्था प्रतिकूल दफाहरु समावेश भएकाले त्यसलाई संशोधन गर्न मागसहित ज्ञापन पत्र बुझाउने निर्णय गरेको समाजवादी शेर्पा संघका अध्यक्ष छिरिङ शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 
शेर्पा संघको पौष ४ र ५ गते छैठौं महाधिवेशन हुने भएको छ । त्यसअघि नै विधान संशोधन गर्नुपर्ने समाजवादी शेर्पा संघको धारण रहेको महासचिव आङ डोमा शेर्पाले बताए । 
समाजवादी शेर्पा संघले १० बुँदे मागपत्र, ६ पेज लामो संशोधन पेश गर्ने गरी तयारी गरेको पनि अध्यक्ष शेर्पाले जानकारी दिए । 
‘विधानमा भएका अधिकांश व्यवस्थाहरु बाझिएको छ । अनावश्यक शब्दहरुले प्रबेश पाएको छ । शैक्षिक योग्यता तोकिएको छ । अरुपनि धेरै त्रुटीहरु देखिन्छ । प्राविधिक र भाषिक त्रुटी असंख्या छन् । यसलाई हटाउनुपर्छ भन्ने हाम्रो माग रहन्छ ।’ अध्यक्ष शेर्पाले भने । 
संघको विधानको प्रस्तावनादेखि अनुसूचिसम्म संशोधन गर्नुपर्ने बताउँदै महासचिव शेर्पाले भने ‘यो विधानमा टेकेर महाधिवेशन हुनै सक्दैन । यो हाम्रो मात्रै चासोको बिषय थिएन तर हामीले सम्पर्ण शेर्पाहरुको प्रतिष्ठाका लागि विधान संशोधन हुनुपर्ने निचोड निकालेका छौं ।’
इन्चार्ज लाक्पा शेर्पाले ‘विधान कुन मानसिकताबाट संशोधन गरेको भन्नेमा आफूहरुलाई आश्चार्य लगेको र विधानमा भएका कतिपय व्यवस्थाहरु लज्जास्पद रहेको र विधानको आडमा संघले कुनै गतिवधि गर्न समेत सक्ने अवस्था रहँदैन ।’
विधानमा सभ्यता, पहिचान मात्रै नभएर धर्म निरपेक्ष शब्द नै समावेश नहुनुले संशय छाएको र विधान मस्यौदा समितिको नियत माथि प्रश्न उठेको सल्लाहकार आङ काजी शेर्पाले बताए ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho