अघोरी बाबा पक्राउ, ‘ठगी गरेको आरोप’

शेर्पाखबर

२०७६ कार्तिक २५, सोमबार


काठमाडौँ । सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाबामाथि ठगी गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार बाबाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाइएको हो ।
बाबासँगै उनकी पत्नीलाई पनि बौद्ध प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho