नेपाल शेर्पा संघको छैठौ राष्ट्रिय महधिबेशन सम्बन्धी जरुरी सुचना !

शेर्पाखबर

२०७६ कार्तिक २५, सोमबार


सम्पूर्ण किदुगका  
अध्यक्ष ज्यु ! 

सम्पूर्ण शेर्पाहरुको साझा संगठन नेपाल शेर्पा संघले "सम्पूर्ण शेर्पाहरुको चाहना, पहिचान र अधिकार सहित शेर्पालुङको स्थापना” भन्ने मूल नाराका साथ छैटौ राष्ट्रिय महाधिबेशन (नेपाल शेर्पा संघको केन्द्रीय  महाधिबेशन) २०७६ साल पौष ४ र ५ गतेका दिन शेर्पा सेवा केन्द्र परिसर बौद्ध, काठमाडौमा हुन गईरहेको ब्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौ । नेपाल शेर्पा संघको संशोधित बिधान अनुसार प्रत्येक गाउपालिका /नगरपालिका /उपमहानगरपालिका /महानगरपालिकाको साथै जिल्ला र प्रदेश हुँदै संघिय अधिबेशन समयमै सम्पन्न गर्नुपर्ने हुँदा नेपाल शेर्पा संघ केन्द्रीय कमिटीको मिती: २०७६ असोज ४ गते बसेको बैठकले समयमै महधिबेशन सम्पन्न गर्न देहायको  समयसिमा भित्र रही नेपाल शेर्पा संघको संसोधित विधान-२०७५ अनुसार स्थानिय तह र संघ संस्थाहरुवाट छैटौ केन्दीय महाधिवेशनमा प्रतिनिधि चयन गरी पठाउन हुन अनुरोध गर्दछौ । 

नेपाल शेर्पा संघको भात्रृ संघ संस्थाहरू, काठमाण्डौमा रहेको किदुकहरु र पेशागत शेर्पा केन्दीय संघ संस्थाहरुवाट संसोधित विधानमा ब्यबस्था भए अनुसार १०० जना सद्स्यता भएमा १ जना प्रतिनिधि १०१ देखी २५० सम्म २ जना,२५१ देखी ५०० सम्मा ३ जना ५०१ देखी माथि जती भएपनी ४ जना प्रतिनिधि सहभागि हुन पठाउन हुन अनुरोध छ । प्रतिनिधि २०७६ मङ्शिर १५ गते भित्रमा चयन गरिसक्नुपर्नेछ। 
सम्पूर्ण छैठौ राष्ट्रीय महाधिवेशन प्रतिनिधिहरुको नामावली, २/२ प्रति फोटो नेपाल शेर्पा संघको केन्द्रिय कार्यालयमा नारायणटार बौद्धमा २०७६ साल मङ्शिर २१ गते आई पुग्नुपर्ने ब्यहोरा सबैमा जानकारी गराउदछौ । हरेक प्रतिनिधि छनौट गरी पठाउदा कम्तिमा ३३ प्रतिशत महिला अनिबार्य हुनुपर्नेछ ।
नेपाल शेर्पा संघले यसभन्दा अगाडि नै बिभिन्न माध्यमबाट पत्र पठाई सकिएकोले यदि पत्र प्राप्त गर्न नसकेको खण्डमा यसैलाई आधार मानी माथि उल्लेखित अधिबेशन सम्पन्न गरी समय अगावै  संघमा नामवाली पठाउन हुन अनुरोध छ । थप जानकारीको लागि नेपाल शेर्पा संघको केन्द्रिय कार्यालयमा संपर्क राख्न हुन अनुरोध छ । थुजिछे !

नेपाल शेर्पा संघ 
छैठौ राष्ट्रिय महधिबेशन 
आयोजक समिती

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho