शेर्पा संघको विधानमा त्रुटी ‘कतै ३३ प्रतिशत नै पुग्दैनन महिला !’

शेरी शेर्पा

२०७६ कार्तिक १८, सोमबार


शेरी शेर्पा
काठमाडौं (शेर्पाखबर) । लामो समय लगाएर संशोधन गरी ल्याएको नेपाल शेर्पा संघको विधानमा त्रुटी भेटिएको छ । विधानमा कार्यसमितिमा ३३ प्रतिशत महिला सदस्य भनिएपनि कुनैपनि कोणबाट ‘यो प्रतिशत पूरा हुने अवस्था देखिँदैन ।’
वडादेखि संघीय कार्यसमिति गठन गर्दा ३३ प्रतिशत महिला अनिवार्य हुने भनि विधानमा प्रष्ट उल्लेख छ तर संघीय कार्यसमितिमा तय गरेको मापदण्ड अनुसार कतैबाट ३३ प्रतिशत पुग्ने देखिँदैन । कुल ३७ सदस्यलाई आधार मान्ने हो भने १३ जना महिला संघीय कार्यसमितिमा पदाधिकारीमा समावेश हुनुपर्दछ । पदाधिकारी भन्नाले सदस्य सहितको कार्यसमिति हो । उसो त पदाधिकारीको कोषाध्यक्षमा मात्रै महिलालाई ल्याउने हो पनि तोकिएको प्रतिशत पुग्नै सक्दैन । अध्यक्ष लगायत कम्तीमा ‘प्रमुख ५ पद’ मा महिलालाई ल्याउने हो भने चाँही ३३ प्रतिशतको हराहारीमा पुग्ने देखिन्छ । विधानले संघीय कार्यसमितिको गठन गर्दा ८ जना सदस्य जसमा ३३ प्रतिशत महिला भनिएको छ यसले जम्मा ३ जना महिलाको सदस्यमा स्थान सुनिश्चित गरेको छ । उसो त भातृ संगठन, प्रदेश अध्यक्षबाट समेत गणना गर्ने हो भनेपनि कुनै हालतमा महिलाको संख्या पुग्ने देखिँदैन । भातृ संगठनलाई आधार मान्ने हो भने पनि अहिलेकै अवस्थामा नेपाल शेर्पा महिला संघ र शेर्पा सञ्चार समूह बाहेकबाट पदेन सदस्यमा महिला आउने संभावना न्यून देखिन्छ । विधानमा उपाध्यक्ष ५ जना परिकल्पना गरेको छ जसमा २ जना महिला अनिवार्य छन् । विधानमा भएको व्यवस्थाका बारेमा संघका उपाध्यक्ष तथा विधान मस्यौदा समितिका एक सदस्य आङलमी शेर्पाले विधानमा भएको त्रुटीको घुमाउरो तवरले स्वीकार गरिन् । शेर्पाखबरसँगको कुराकानीमा उनीले भनिन् ‘कुल पदाधिकारीको ३३ प्रतिशत हो र ८ जना सदस्यको पनि ३३ प्रतिशत नै हो । हामीले यसरी व्यवस्था त गर्र्यौं तर ठ्याक्कै संख्या भने पुग्दैन ।’ महाधिवेशनमा समेत ३३ प्रतिशत प्रतिनिधी अनिवार्य हुने व्यवस्था गरेकोे जनाउँदैन शेर्पाले भनिन् ‘महाधिवेशनमा सहभागि हुनेले पनि ३३ प्रतिशत महिला अनिवार्य गरेका छौं । विधान तयार पार्दासमेत यस विषयमा फरकफरक तवरले छलफलहरु भएका थिए । तर, ३३ प्रतिशत महिला आउन सकेन भने त्यो कोटा नै खाली हुन्छ ।’
संघले विधानमा ७ वटा प्रदेशको परिकल्पना गरेको भएपनि अहिले बढीमा ३ वटा प्रदेशमा भन्दा समिति गठन हुन सक्ने अवस्था छैन । त्यसो हुँदा तत्काल तोकिए अनुसार समिति गठन हुनेमा शंसय देखिन्छ । शेर्पाको वसोवास नै नरहेको ठाउँमा समिति गठनको परिकल्पना समेत  गर्न सकिँदैन । उसो त उपाध्यक्ष शेर्पाले भने ‘पछि जनसंख्या बढेपछि समिति गठन होला । हाललाई बाँकी प्रदेशबाट खाली नै रहन्छ ।’
जिल्ला समिति गठन लगायतको बिषयमा संघले विधानमा जनसंख्यालाई आधार मानेको छ । त्यसो हो भने प्रदेश नं. १ र ३ मा बाहेक अन्यमा अहिलेकै व्यवस्था अनुसार समिति गठन हुने अवस्था छैन ।  

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho