मिस शेर्पा विजेता दाबुटी ‘साङग्रीला’ चलचित्रको लागि छानिए

ङावा शेर्पा

२०७६ अश्विन १६, विहिबार


काठमाडौं (शेर्पाखबर) । हिमाली क्षेत्रको संस्कृति र व्यवहारलाई समेटिएर निर्माण हुन लागेको चलचित्र साङ्ग्रीलाका लागि विभिन्न भूमिकामा शेर्पा युवाहरु छनौट भएका छन् । एक भूमिकामा मिस शेर्पा २०१८ विजेता दाबुटी शेर्पा छानिएको हो । मिस शेर्पाको आधिकारिक पेजबाट दिएको जानकारी अनुसार मिस शेर्पा दाबुटीसहित मिस्टर शेर्पामा सहभागि रिन्जी शेर्पा लगायत छनौटमा परेको हो । साहित्यकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘सल्लीपिर’ को कथाको मूलभावमा रहेर निर्माण गर्न लागेको चलचित्रले हिमाली क्षेत्रको कथावस्तुलाई समेट्ने निर्माण पक्षले जनाएको छ । 
एम मिडिया प्रोडक्सनको व्यानरमा अशोक थापा लगायतको समूहले निर्माण गर्न लागेको चलचित्र साङ्ग्रीलाको लागि प्रारम्भिक छनौट कार्य भएको थियो । उपयूक्त स्थान र पात्रहरु चयन गरी चलचित्र छिट्टै छायाँकनको चरणमा जाने निर्माण पक्षले जानकारी दिए । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्ने गरी चलचित्र निर्माण गर्न लागिएको हो । 
प्रारम्भिक छनौटमा परेकी दाबुटी  शेर्पा दोलखाकी हुन् । उनीले सगरमाथाको समेत आरोहण गरी सकेकी छिन् । सगरमाथाको शिखरमा बारिष्ठ कफी बनाएर खुवाउँदै उनीले विश्वकीर्तिमानी समेत हासिल गरिसकेकी छिन् । 

चलचित्रका लागि छनौटमा परेपछि मिस शेर्पा दाबुटीले आफूले पहिलो पटक चलचित्रमा अभिनय गर्ने अवसर पाएको र यो अवसरलाई पूर्ण सदुपयोग गर्न सक्छु भन्ने आत्मविश्वासका साथ मिहिनेत गर्ने जनाइन ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho