ट्रेकिङ पथ प्रदर्शकदेखि मजदुरसम्मको ‘ज्याला’ बढ्यो 

लाक्पा जी शेर्पा

२०७५ फाल्गुन १५, बुधबार


लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) । पथ प्रदर्शक ‘गाइड’ देखि मजदुरसम्मको ज्याला बृद्धि भएको छ । २०१९ को जनवरी १ बाट लागू हुने गरी सरदरमा २० प्रतिशत तलव बढेको हो । 
विभिन्न ट्रेकिङ मजदुर संगठन र ट्रेकिङ गाइड एशोसिएसन अफ नेपाल (टान) बीचको ज्यालाबृद्धि गर्ने सम्झदारी भएको र सोही अनुसार निर्णय सार्वजनिक गरिएको टानका महासचिव आङ पेम्बा शेर्पाले जनाए । 
निर्णय अनुसार अन्नपूर्ण तथा लाङटाङ क्षेत्रका गाइडको यसअघि १ हजार ७ सय ५० भएकोमा ३ सय ५० थप गरी २ जार १ सय पुर्याइएको छ भने सहायक गाइडको १ हजार ६ सय ८० बाट ३ सय ३६ रुपैयाँ बृद्धि गरेको छ । त्यस्तै, सहयोगी मजदुरहरुको १ हजार ६ सय १० मा ३ सय २२ रुपैयाँ थपेको छ । 
त्यस्तै, सगरमाथा क्षेत्र, क्याम्पीङ ट्रेकका गाइड, कुक, सहयोगी भान्से, सहयोगी मजदुरको पनि तलबमान बढाएको सूचनामा उल्लेख छ ।  तलबवृद्धि गर्नु सम्मानजनक रहेपनि अव्यवहारिक रहेको ट्रेकिङ गाइडहरुको संगठन टिगानले प्रतिक्रिया दिएको छ ।


सम्मानजनक तर अव्यवहारिक
 

काले शेर्पा पिनासा
कोषाध्यक्ष, टिगान

धेरै बर्षपछि टानले तलबमान बढाएर सम्मानजनक कार्य त गरेको छ । तरपनि अझै यो अव्यवहारिक नै देखिन्छ । भरखरै पथ प्रदर्शक अनुमति पत्र ‘गाइड लाइसेन्स’ पाएर ट्रकिङ क्षेत्रमा आएकाहरुका लागि तलब स्वभाविक नै छ तरपनि लामो समय यस क्षेत्रमा काम गरेका अनुभवि र विभिन्न तालिमहरु प्राप्त गरेर पेशामा रहेकाहरुका हकमा भने यो बृद्धिदरले खास अर्थ राख्दैन । सिक्दै काम गर्दै गर्नेहरुका लागि मात्रै बढेको होकी भन्ने हामीलाई मशसुस भएको छ । 
यो कागजी रुपमा मात्रै बृद्धि भएको तलबमान हो । अब यसलाई कार्यान्वयन गर्छ या गर्दैन भन्ने सवाल भने हेर्न बाँकी नै छ । ट्रेकिङ क्षेत्रमा धेरै राम्रा निर्णयहरु हुने तर व्यवहारिक रुपमा कार्यान्वयन भने नहुने संस्कारको विकास हुँदै गएको देखिन्छ । त्यसो भयो भने राम्रो हुँदैन । तसर्थ, यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न कस्तो खाले अभियान टानले चलाउँछ हेर्न बाँकी छ । 
अर्को कुरा वस्तावमा ट्रेकिङ गाइड, मजदुरहरुको श्रम शोषण भइरहेको छ । गोजीमा कम्पनी बोकेर सस्तोमा पेकेज वेच्ने र अति न्यून तलवमा मजदुरलाई खटाउनेहरु पनि छन् । ती कम्पनीहरु अधिकांश त गैरकानूनी रुपमा सञ्चालित छ भन्ने लाग्छ । त्यसखाले कम्पनीले त हिजैदेखि सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी गर्न थालि सके । त्यसलाई टानले कसरी नियन्त्रण गर्छ र कार्यान्वयन गराउँछ त? हामी ‘वाच डग’ को रुपमा रहन्छौं । अर्कोतर्फ राज्य समेत यस विषयमा संवेदनशील हुनुपर्ने र निर्णय कार्यान्वयन गर्ने सवालमा ट्रेकिङ गाइड एशोसियसन नेपाल (टिगान) सबैसँग हातेमालो गरेर अघि बढ्छ ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho