ओखलढुंगा शेर्पा विद्यार्थीको अध्यक्षतमा पुनः छिरिङ

लाक्पा जी शेर्पा

२०७५ फाल्गुन ४, शनिबार


ओखलढुंगा (शेर्पाखबर) । नेपाल शेर्पा विद्यार्थी संघ ओखलढुंगाको दोस्रो कार्यकालको लागि अध्यक्षमा छिरिङ शेर्पा चयन भएको छ । दोस्रो अधिवेशनबाट शेर्पाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । छिरिङ यसअघि पनि अध्यक्ष थिए ।
जिल्ला समन्वय समितिको सभाहल ओखलढुंगामा भएको अधिवेशनले उपाध्यक्ष समावेशीतर्फ ल्हमु शेर्पा, खुल्लामा फूरी शेर्पालाई चयन गरेको हो । त्यस्तै, सचिवमा कर्मा गेल्जे शेर्पा, कोषाध्यक्षमा शेरी शेर्पा, सहसचिवमा लाक्पा कान्छी शेर्पालाई चयन गरेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गुरुबहादुर वस्नेतले जानकारी दिए । 
संघको विधानानुसार दुई बर्षमा अधिवेशन गर्नुपर्ने हुन्छ । ग्याल्पो ल्होसार शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रमका साथमा आयोजना भएको वन्दसत्रबाट चयन भएका कार्य समितिलाई मुख्य निर्वाचन अधिकृत वस्नेतले पद तथा गोपनियताको सफथ गराएका थिए भने औपचारिक कार्यक्रमका प्रमुख अतिथि सांसद अम्बिर बाबु गुरुङले खादा लगाएर बधाई दिए ।
नव गठित समितिलाई शुभकामना दिँदै सांसद गुरुङले शैक्षिक चेतनाको माध्यमबाट मात्रै मुलुकको भविष्य उज्ज्वल हुने भन्दै मिहिनेतका साथ डिग्री हासिल गर्न सुझाए । संगठनले ‘शेर्पा जातिको भाषिक, सांस्कृतिक, सामाजिक अधिकारलाई उठान गर्दै सचेतना अभिवृद्धि गर्ने खाले कार्यक्रम सञ्चालन गर्दै समुदायको हितमा जोड पुर्याउनुपर्ने’ सांसद गुरुङको भनाइ थियो ।
सांस्कृतिक कार्यक्रम भव्य
आयोजित कार्यक्रममा ख्याती प्राप्त गायक गम्बु शेर्पा, सोनाम शेर्पा कहानी, सीता माझी, दावा के शेर्पा लगायत कलाकारहरुले आफ्नो चर्चित गीतहरु सुनाए । त्यस्तै, मोलुङ–७, पात्लेका कलाकारहरुले शेर्पा संस्कृतिमा आधारित श्याब्रु नृत्य प्रस्तुत गरे । कार्यक्रममा विगुटार, माम्खा, बर्णालु, श्रीचौर, खिजीदेम्बा, पात्ले, जन्तरखानीबाट शेर्पा समुदायको वाक्लो उपस्थिती रहेको थियो ।
‘डिपिआर’ आए योजनाको ओहिरोः सांसद गुरुङ
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश नं. १ ओखलढुंगाका सांसद अम्बिर बाबु गुरुङले ओखलढुंगाको समृद्धीको लागि आफू अहोरात्र खटेको पटक पटक दोहोर्याए । आफ्नो बाँकी ४ बर्षे कार्यकालमा ओखलढुंगालाई प्रदेश नं. १ कै नमुना जिल्लाको रुपमा निर्माण गर्ने बताउँदै सांसद गुरुङले भने ‘मैले खिजीदेम्बाबाट डिपिआरमार्फत योजना निर्माण शुरु गरेँ । अहिले मेरो क्षेत्रको सबै स्थानीय तहको डिपिआर निर्माण गरेर विभिन्न निकायमा पेश गरेको छु ।’ 
सबैसँग राम्रो सम्वन्ध रहेको कारणले जिल्लाको मुहार फर्ने खाले योजना निर्माणमा बजेटको स्रोत जटाउन कुनै समस्या नभएको पनि सांसद गुरुङको दाबी थियो । उनले अघि भने ‘धेरै गाउँपालिका प्रमुखलाई डिपिआर भनेकै थाहा रहेनछ । अनि कसरी विकास हुन्छ ?’ डिपिआर भन्ने थाहा नभएकै कारण धेरै ठाउँमा आफ्नो विरुद्धमा स्थानीय सरकार प्रमुखहरु लागि परेको तर अहिले आफ्नो गतिविधिहरु देखेर ‘विरोधीहरु छेउ लागेको’ बताए ।
 

१,अध्यक्ष :-आङ छिरिङ शेर्पा मोलुङ गा.पा - ७
२,उपाध्यक्ष (स) :- ल्हमु शेर्पा खिजिदेम्बा - ९
३,उपध्यक्ष :- फुरि शेर्पा खिजिदेम्बा -५
३,सचीव :- कार्मा गेल्जे खिजिदेम्बा -८
५,सह-सचीव :- लाक्पा कान्छी शेर्पा खिजिदेम्बा -९
६,कोषाध्यक्ष :- शेरी शेर्पा खिजिदेम्बा गा.पा - ९ 
७,सदस्य आङ दावा शेर्पा खिजिदेम्बा गा.पा - ९ 
८, सारिका शेर्पा खिजिदेम्बा गा.पा - ५ 
९,  निमेष शेर्पा सिद्धिचरण ना.पा -७
१०,  याङ्डी शेर्पा मोलुङ्ग गा.पा -७ 
११,  सोनि शेर्पा खिजिदेम्बा गा.पा - ९
१२,  फुर्वा शेर्पा खिजिदेम्बा गा.पा - ९ 
१३,  फुर्लमु शेर्पा खिजिदेम्बा -८
१४, मिङमार शेर्पा मोलुङ्ग गा.पा - ७
१५, आङ पेम्बा शेर्पा खिजिदेम्बा -८
१६,  आङ काजी शेर्पा सि.ना.पा -७
१७,  लाक्पा शेर्पा मोलुङ्ग गा.पा. -६

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho