मिसेस टुरिजम विजेता शेर्पाको ‘पर्वतारोहण चासो’

लाक्पा जी शेर्पा

२०७५ माघ २९, मंगलबार


‘नयाँ जीवनको शूरुवाती र स्वतन्त्र जीवनको अन्त्य’ भनेर विवाहलाई परिभाषा गरिन्छ । त्यसमापनि महिलाहरु विवाह वन्धनमा बाँधिसकेपछि स्वतन्त्र रुपमा अरु कुनै काम गर्न पाउँदैनन् भन्ने आम बुझाई छ । विवाह पश्चात् नयाँ योजना, नयाँ घरगृह र पारिवारिक वन्धनसहितको अनुशासनमा रहनुपर्ने सामाजिक परिवन्धका कारण कति धेरैको सपनाहरु पूरा हुँदैनन् । विवाहअघि देखेका सपनाहरु विवाह पश्चात् ‘तुहिने’ गरेको अधिकांशको दुःखोसो गर्छन । समाज जतिसुकै परिवर्तित, आधुनिक होस्, मानवीय चेतनाको उच्च विकास र फराकिलो सोच नै किन नहोस् । विवाहसँगै हाम्रा योजनाहरु बद्लिन्छन्, मनहरु बदलिएका हुन्छन् । त्यसमाथि पनि नेपाली समाज उसै पुरुष सत्तात्मक भनिन्छ र छपनि । पुरुषहरु हाबी हुने समाजमा नारी अस्तित्व संकटमा पर्नु अस्वभाविक होइन ।
भलै शेर्पा समुदायमा भने मातृसत्तात्मक समाजको रुपमा चित्रण गर्न सकिन्छ । यही समाजमा जन्मिएर सामाजिक दृष्टिमा छाएको एक पात्र हुन् ‘छिरिङ डोल्मा शेर्पा !’ पुख्र्यौली घर दोलखा लामबगर भएकी शेर्पाको जन्म भने काठमाडौं मै भयो । वौद्ध फुलबारीको सम्पन्न परिवारमा हुर्किइन् छिरिङ । सेन्ड म्यारिज स्कूलबाट प्रवेशीका उत्तीर्ण गरेका छिरिङले २० बर्षको हुँदा बाणिज्य शास्त्रमा स्नातक उत्तीर्ण गरिन् । उनीले कमर्स क्याम्पस मिन भवनबाट स्नातक उत्तीर्ण गरेकी छिन् । स्नातकोत्तर भर्ना भए तर विवाहको कुरा चल्यो र पढाईलाई ‘फुलस्टप’ दिएर विवाह वन्धनमा बाँधिनु पर्यो । विवाह भने परम्परागत रुपमा गरिन् । श्रीमान सिभिल इन्जीनियर छन् । छिरिङ दुई सन्तानकी आमा हुन् । सानो सुन्दर परिवारमा रम्दै छिन् उनी । फुलबारीकै आफ्नै निजी विद्यालयमा पढाउँदै आएकी छिरिङको आफ्नै निर्माण व्यवसाय सम्बन्धि कम्पनीपनि छ । 

सफल उद्यमी बन्ने सपना
बाल्यकालमा छिरिङ सफल व्यवसायी, व्यापार गर्ने सपना बुन्थिन् । नरम स्वभाव भएकी छिरिङ मिहिनेतले सफलता हात लाग्नेमा विश्वास गर्थिन । उनले सानोमा देखेको सपना अहिले साकार जस्तै भएको छ । अहिले उनी विद्यालयमा शिक्षिका र ‘कन्सट्रक्सन’मा प्रशासन हेर्छिन । बुबा सफल व्यापारी भएकै कारण आफूलाईपनि त्यही मार्गमा अघि बढ्न प्रेरणा मिलेको उनी बताउँछिन् । 
तर्क वहसमा रुची
छिरिङ सानैदेखि तिक्षण दिमागकी थिइन् । विद्यालय र कलेजहरुमा उनी वादविवाद, वतृत्वकला र वहसहरुमा सहभागि हुन्थिन् । विषयवस्तु केन्द्रित रहेर बहस गर्ने मामिलामा उनी अघि सर्थिन । सकारात्मक सोच, परिवर्तनशिल विचार राख्ने छिरिङले औपचारिक अनौपचारिक वहसका कार्यक्रमहरुमा सहभागि भएकी छिन् । आफ्नो विचार र तर्क स्पष्ट तरिकाले राख्ने छिरिङको स्कूल, कलेजमा चर्चा हुन्थ्यो ।
सम्पन्न परिवारः सरल स्वभाव
राजधानी वा विकसित ठाउँका सम्पन्न परिवारका सन्ततीहरु प्रायः ‘कुपथमा लाग्ने गरेको’ आरोप खेपी रहेका हुन्छन् । त्यस्ता उदाहरणहरु पनि पढ्न पाउँछौं । तर, छिरिङमा भने त्यस्ता हावाले कहिल्यै छुएन । अभिभावकले जीवनको सबै आवश्यकताहरु पूरा गरिदिए कै थिए तर उनीमा सम्पन्नता र शहरीय ‘मात’ चढेन । उनी सरल, सौम्य स्वभावकी थिइन्, त्यही स्वभाव सफलताको सिँढी बनेको छ । अहिलेपनि उनी उस्तै सरल छिन् । कोमल हृदयी छिरिङका अरु धेरै असल गुणहरुपनि छन् । 
घुमन्ते जीवन अझै घुम्ने रहर
छिरिङलाई घुम्न रहर लाग्छ । गाउँ मन पर्छ, हरियाली, हिमाल, ग्रामिण परिवेश, खानपान खुबै मनपर्छ । त्यसो त उनी आफूलाई ‘घुमन्ते’ पनि भन्न रुचाउँछिन् । उनले विभिन्न ठाउँमा पदयात्रा गरेकी छन् । ‘हाइकिङ’ ¥याफ्टीङमा विशेष रुची छ । उसो त राजधानीबाट देखिने नजिकका डाँडापाखा, तीर्थस्थल, देवालय, गुम्बा लगायतको भ्रमण गरेका छन् । नेपालमा मात्रै नभएर अस्ट्रेलिया, जापान, अमेरिका, युरोपका प्रायः देश लगायत घुमेका छन् । यसलाई उनी ‘विश्व भ्रमण’ भन्न रुचाउँछिन् । सन् २०१९ मै विभिन्न हिमालहरु आरोहण र पदयात्रामा निस्किने छिरिङको योजना छ । यस पटकको पहिलो रोजाई ‘मार्दी हिमाल’ हो ।
सगरमाथा चुम्ने लक्ष्य
नेपाली नारी अर्थात विशेष गरी शेर्पा महिलाहरु सगरमाथा लगायत पर्वतहरुमाथि विजयी हासिल गरेर विश्वमा नाम चम्काइरहेकी छिन् । यस पथमा छिरिङपनि अघि बढ्दै छिन् । उनको सन् २०२० सम्ममा विश्वको सर्वोच्च शिखर सगरमाथा चुम्ने लक्ष्य छ । उनी सगरमाथा शिखरमा पृथक नारासहित पाइला टेक्न लागेकी हुन् । सरकारले घोषणा गरेको नेपाल पर्यटन बर्ष २०२० लाई सफल बनाउनपनि आफ्नो भूमिका महत्वपूर्ण रहने बताउँछिन् । 

माथिको चर्चा किन ?
छिरिङका बारेमा यति चर्चा गरिसकेपछि जोकोहीलाई ‘वास्तवमा उनी को हुन त?’ भन्ने लाग्नु स्वभाविक हो । छिरिङ ‘मिसेस नेपाल टुरिजम २०१९’ की विजेता हुन् । ३२ जना प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिन सफल भइन् । मिसेस टुरिजमको ताज पहिरिएपछि यतिबेला उनको चर्चा चुलिएको छ । सञ्चारमाध्यम, सहकर्मीहरुले उनका बारेमा बुझ्न र जान्न खोजिरहेका छन् ।
गृहणी महिलाहरुको लागि आयोजना गरेको ‘मिसेस नेपाल टुरिजम’ले छिरिङलाई छुट्टै उचाई दिएको छ । प्रतियोगिताको सिलसिलामा एक महिना लामो तालिम, अभ्यास गरेकी छन् । प्रतियोगितामा सहभागि भएपछि हिड्न, बोल्न, बस्ने, सामाजिक अन्तरघुलनका विषय, हेराई, प्रश्न गर्ने विषयमा थप जान्न पाएकी छन् । छिरिङ आफूले हासिल गरेको ज्ञान सीपलाई मुलुक निर्माण र समुदायका हितमा सदुपयोग गर्ने बताउँछिन् । 
 

अनुहार हैन मन सुन्दर
सौन्दर्य प्रतियोगितामा भाग लिइसकेपछि छिरिङमा छुट्टै खाले आत्मविश्वास जागेको छ । ‘गृहणी महिलाहरुले पनि समयको व्यवस्थापन गरेर विभिन्न सकारात्मक क्रियाकलापहरुमा सहभागि हुन सक्छे’ भन्ने उदाहरण पस्केकी छन् । घरव्यवहारलाई व्यवस्थापन गर्दै उनी सौन्दर्य प्रतियोगितामा सहभागि भइन् । प्रतियोगितामा सहभागि भएपछि मूख्य कुरा ‘शारीरिक सुन्दरता भन्दापनि मन सफा र सुन्दर भए सफलता हासिल गर्न सकिने उनले बुझेकी छन् । भित्री सुन्दरता, भगवन भरोस, कडा परिश्रम, प्रस्तुती, निर्धक्क र आत्मविश्वास  सफलताका आधारहरु हुन् । 
संभावनै संभावना
नेपाल भृकुटी, सीता जस्ता नारीहरु, गौतमबुद्ध जस्ता महामानव जन्मेको देश हो । नारी शक्तिलाई दैविक शक्तिको रुपमा समेत चित्रण गरिन्छ । एक नारी पात्र र मुलुकको पवित्रतालाई उनीले महशुस गरेकी छन् । सगरमाथा, हरियाली पहाड, हिमाल र तराईका फाँटहरु, विभिन्न हिमश्रृंखला, अद्भूत कला, साहित्य र संस्कृतिले नेपाल पर्यटकीय दृष्टिले स्वर्गीय भूमि भएको छिरिङको बुझाई छ । उसो त आफू मिसेस नेपाल टुरिजम भएकाले यी सबै कलाकृति र इतिहासलाई केलाउँदै नेपालको पर्यटन प्रबद्र्धनमा लागि पर्ने अठोट गर्छिन । 
नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र, सरकारसँगको सहकार्यमा नेपालको पर्यटन प्रबद्र्धन, प्रचारप्रसारमा जुट्ने बताउँदै छिरिङले यहाँ पर्यटकीय दृष्टिले संभावनै संभावना रहेको बताउँछिन् । 
नेपाल भ्रमण बर्ष २०२० का लागि ‘नेपालको संस्कृति हेर्न आउनुस्’ तय गरिएको छ । यहाँका सांंस्कृतिक विविधतालाई पर्यटन आकर्षणको मूख्य प्रारुपको रुपमा देखाउन सकिने उनको धारण छ ।

 

दुरदर्शि योजना
छिरिङको पहिलो योजना पर्यटन प्रबद्र्धन नै हो । त्यस्तै, समुदायमा दुरमागी प्रभाव राख्ने खाले योजनाहरु पनि छन् । विशेष गरी शिक्षा क्षेत्रमा काम गर्ने लक्ष्य छ । साक्षर र सचेत समाज निर्माण गरी राज्यमा पहुँच पुग्ने जनशक्ति निर्माण गर्ने धेय छ । शैक्षिक जागरणको माध्यमबाट समाज रुपान्तरण, समृद्ध मुलुक निर्माण गर्ने उनीको दुरदर्शि योजना छ । 
सामाजिक उत्तरदायित्व र आबद्धता
पेशाले शिक्षिका रहेकी छिरिङ सामाजिक संस्थाहरुपनि समय व्यवस्थापन गर्छिन । उनी मावन अधिकार, महिला र संस्कृतिसँग सम्बन्धित संस्थाहरुमा आबद्ध छिन् । यसबाट आफूले सामाजिक उत्तरदायित्वसहितको समाजसेवा गरिरहेको ठान्छिन् । नेपाल शेर्पा महिला संघ, नेपाल मानवअधिकार संस्था लगायतमा उनी संलग्न छिन् । त्यस्तै, शेर्पा सेवा केन्द्रमा हुने कार्यक्रमहरुमा उनी नियमित सहभागि हुन्छिन् । उनी शेर्पा संस्कृतिमा आधारित श्याब्रु नृत्य र शेर्पा गीत गाउनमा समेत उत्तिकै दख्खल राख्छिन् । भाषागत ज्ञानको कुरा गर्दा शेर्पा, नेपाली, हिन्दी, तिब्बतीयन, अंग्रेजी लगायत आधार दर्जन बढी बोल्छिन् ।
समुदायबाट सकारात्मक सहयोग पाएको खण्डमा समुदायको हित र नेपालको पर्यटन प्रबद्र्धनमा दत्तचित्त भएर लागि पर्ने छिरिङको अठोट छ ।  

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho