खुम्बु ल्होसार कपको उपाधी खुम्जुङ यूवा क्लब

शेर्पाखबर

२०७५ माघ २६, शनिबार


काठमाडौं । दशौं खुम्बु ल्होसार कप २०१९ को उपाधी खुम्जुङ यूवा क्लबले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा नाम्चे यूथ गु्रपलाई ५–० गोल अन्तरले पराजित गर्दै क्लबले उपाधी जितेको हो ।

विजेता खुम्जुङ यूवा क्लबले पुरस्कारवापत ५० हजार धनराशीसँगै कप, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता नाम्चे यूथ गु्रपले ३० हजार धनराशीसहित कप, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा पाङबोचे यूवा क्लब तृतीय र खुम्जुङ रिम भ्याल्ली सान्त्वना भएको थियो ।

प्रतियोगिताको बेष्ट प्लेयर, बेष्ट डिफेन्डर र बेष्ट गोलकिपर तीन वटै टाइटलको पुरस्कार विजेता टिम खुम्जुङ यूवा क्लबकै खेलाडीहरुले प्राप्त गरे । कुंगातेन्जिङ शेर्पा (जर्सी नम्बर ७) बेष्ट प्लेयर, फुर्वाछिरिङ शेर्पा (जर्सी नम्बर ४)ले बेष्ट डिफेण्डर र फुरग्याल्जेन शेर्पा (जर्सी नम्बर १)ले वेष्ट गोलकिपरको पुरस्कार प्राप्त गरेका हुन् ।

सो प्रतियोगिताको फेयर प्ले टिमको रुपमा महेन्द्रज्योति भूतपूर्व विद्यार्थी मञ्च दरियो ।

गत माघ १९ गते शनिबारदेखि काठमाडौंको सानो गौचरणमा सुरु भएको यस वर्षको ल्होसार कपको आयोजक खुम्बु कम्यूनिटी क्लब रहेको थियो । यसैबीच, सन् २०२० मा हुने ११औं खुम्बु ल्होसार कपका लागि खुम्बु कम्यूनिटी क्लबले पाङबुचे यूवा क्लबलाई लावा दिइएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै खुम्बु कम्यूनिटी क्लबका अध्यक्ष सोनाम छिरिङ शेर्पाले सहयोगी तथा प्रायोजकहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । आपसी मेलमिलाप तथा नयाँ नयाँ प्रतिभाहरुलाई उजागर गर्नका लागि ल्होसार कप महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै उहाँले आगामी प्रतियोगिताहरु पनि यसरी नै सौहार्दपूर्ण तरिकाबाट आयोजना होस् भन्ने शुभेच्छासमेत राख्नुभयो ।

मिस्टर शेर्पा २०१८ सोनाम जाङबु शेर्पाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीका साथै कार्यक्रमको मुख्य प्रायोजक रहेको वर्डलिङ्क, इजि हेलीलगायतका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

 शिखरपोष्टबाट

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho