निमा शेर्पाको नेतृत्वको ‘च्याम्पियन टोलीलाई स्वागत !’

शेर्पाखबर

२०७५ माघ २०, आईतबार


काठमाडौं । आङ निमा शेर्पाको नेतृत्वको अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका च्याम्पियनलाई स्वागत गरेको छ । क्योकुसिन काइकान कराते संघ नेपाल (आईएफकेके) ले अन्तर्राष्ट्रिय खुला क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल आफ्नो टोलीलाई शनिबार एक कार्यक्रमबीच स्वागत गरेको छ ।
भारतको मुम्बइमा गत जनवरी २६ र २७ तारिखमा भएको प्रतियोगितामा नेपाली टोली ६ स्वर्ण, ३ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बनेको थियो । टोली शुक्रबार राती स्वदेश फर्किएको हो ।
प्रतियोगितामा आङ निमा शेर्पा, सुनील नगरकोटी, दिपेन्द्र क्षेत्री, विकास गुरुङ, मन्जु विक र शान्ति थापा मगरले स्वर्ण जितेका थिए । दीपेन्द्र र सुनीलले क्रमशः थप रजत र कांस्य पनि हात पारेका थिए । रजत जित्ने अन्य खेलाडीमा सनीसिंह सुनार र हरि दनुवार छन् ।
टिम प्रशिक्षकमा आईएफकेकेका ब्रान्च चिफ प्रेम लामा र रेवती सापकोटा, व्यवस्थापकमा विनोद पराजुली र अफिसियलमा अशोकजंग दनुवार छन् । टोलीलाई आईएफकेकेका कार्यवाहक अध्यक्ष घनश्याम श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष दामोदर नेपालले खादा र पुष्पगुच्छा प्रदान गरी स्वागत गर्नुका साथै सफलताका लागि बधाइ दिएका थिए ।

@online news portal 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho